जर्मन अस्पतालमा आगलागी : एक जनाको मृत्यु, कैयौँ घाइते
शुक्रबार, २० पुस २०८०, १५ : ४३
बर्लिन । जर्मनीको शहर उत्तरी वैल्जेनस्थित एक अस्पतालमा आगलागी हुँदा एक जनाको मृत्यु भएको तथा कैयौँ घाइते भएका स्थानीय प्रहरीले शुक्रबार जनाएको छ ।
“बिहीबार राति भएको आगलागीमा एक जनाको मृत्यु भएको छ भने छ जना गम्भीर घाइते र अन्य केही सामान्य घाइते भएका छन्,” स्थानीय प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रहरीका अनुसार आगलागी राति १०ः४५ बजे भएको थियो । आपत्कालीन सेवाका कर्मचारीहरू आइपुग्दा तेस्रो तल्लामा आगो फैलिएको थियो भने तला धुवाँको मुस्लोले भरिएको देखिन्थ्यो ।
भवनबाट उद्धारको लागि याचना गरिरहेको सुनिएको थियो । आगो नियन्त्रणमा आउँदासम्म अस्पताल खाली गरिएको प्रहरीले जनाएको छ ।
अधिकारीहरूले आगलागीको कारणको बारेमा अनुसन्धान सुरु गरेका छन् । आगलागीमा दश लाख यूरोभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ ।-(रासस/एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण