आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

भारतले २० करोडसम्मका परियोजनामा सिधै अनुदान दिने सहमति स्वागतयोग्य छ : सहमहामन्त्री यादव

शुक्रबार, २० पुस २०८०, १५ : ४७
शुक्रबार, २० पुस २०८०

काठमाडौँ । नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादवले  भारतीय दूतावासले नेपालमा २० करोड रुपैयाँसम्मका परियोजनामा सिधै अनुदान दिनसक्ने सहमति स्वागतयोग्य भएको बताएका छन् ।

नेपाल–भारत संयुक्त आयोगको बैठकमा भारतले बिहीबार भारतले सिधै लगानी गर्ने पाउने परियोजना रकमको सीमा ५ करोडबाट बढाएर २० करोड रुपैयाँ पुर्‍याइएको छ । उक्त सहमतिको विरोध भइरहेका बेला कांग्रेस सहमहामन्त्री यादवले स्वागतयोग्य भएको बताएका हुन् ।

नेपाल–भारत मैत्री युवा संघका केन्द्रीय अध्यक्ष समेत रहेका यादवले भने, ‘यसले नेपालमा विकास निर्माणका प्रक्रियाहरु तीव्ररुपमा अगाडि बढ्छ । यसले नेपाल र भारतको सम्बन्धलाई बलियो बनाउँछ ।’

सहमतिलाई सकारात्मक रुपमा लिएर विकास निर्माणमा सरिक हुनुपर्ने यादवको भनाइ छ । ‘कुनै देशले विकास निर्माणका लागि पैसा दियो । त्यो पैसा २० करोड होस् कि ५ करोड होस् । त्यो विकास नेपालमै हुन्छ । यसको विरोध गर्नुको औचित्य छैन,’ उनी भन्छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप