भारतले २० करोडसम्मका परियोजनामा सिधै अनुदान दिने सहमति स्वागतयोग्य छ : सहमहामन्त्री यादव
काठमाडौँ । नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादवले भारतीय दूतावासले नेपालमा २० करोड रुपैयाँसम्मका परियोजनामा सिधै अनुदान दिनसक्ने सहमति स्वागतयोग्य भएको बताएका छन् ।
नेपाल–भारत संयुक्त आयोगको बैठकमा भारतले बिहीबार भारतले सिधै लगानी गर्ने पाउने परियोजना रकमको सीमा ५ करोडबाट बढाएर २० करोड रुपैयाँ पुर्याइएको छ । उक्त सहमतिको विरोध भइरहेका बेला कांग्रेस सहमहामन्त्री यादवले स्वागतयोग्य भएको बताएका हुन् ।
नेपाल–भारत मैत्री युवा संघका केन्द्रीय अध्यक्ष समेत रहेका यादवले भने, ‘यसले नेपालमा विकास निर्माणका प्रक्रियाहरु तीव्ररुपमा अगाडि बढ्छ । यसले नेपाल र भारतको सम्बन्धलाई बलियो बनाउँछ ।’
सहमतिलाई सकारात्मक रुपमा लिएर विकास निर्माणमा सरिक हुनुपर्ने यादवको भनाइ छ । ‘कुनै देशले विकास निर्माणका लागि पैसा दियो । त्यो पैसा २० करोड होस् कि ५ करोड होस् । त्यो विकास नेपालमै हुन्छ । यसको विरोध गर्नुको औचित्य छैन,’ उनी भन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
-
साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
-
बसपार्कको गेस्ट हाउसमा २५ वर्षीया युवतीको शव फेला, हत्या आशङ्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण