रुकुमपश्चिममा टाइफाइडविरुद्ध एक लाखले पाए खोप
रुकुमपश्चिम । भूकम्प प्रभावित क्षेत्र रुकुमपश्चिमका एक लाख बढी व्यक्तिले दादुरा–रुवेला र टाइफाइडविरुद्धको ‘टिसिभी’ खोप लगाएका छन् ।
जिल्लामा विशेष अभियान चलाएर खोप सञ्चालन गरिएकामा एक लाख चार हजार छ सय सात जनाले खोप लगाएको जिल्ला स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । खोपको लक्ष्य भने जिल्लामा एक लाख २४ हजार लिइए पनि पूरा भएन ।
यही पुस ५ गतेदेखि सञ्चालन भएको दादुरा–रुवेला र टाइफाइडविरुद्धको खोप अभियान पुस १५ गतेसम्म सञ्चालन भएको थियो । भूकम्प प्रभावित क्षेत्रलाई लक्षित गरेर सञ्चालन गरिएको खोप अभियान जिल्लाका छवटै स्थानीय तहका वडाका विभिन्न ठाउँमा रहेका स्वास्थ्य चौकी तथा सामुदायिक विद्यालयमा सञ्चालन गरिएको स्वास्थ्य सेवा कार्यालयका खोप सुपरभाइजर कृषा खड्काले जानकारी दिइन् ।
उनका अनुसार जिल्लाभर छ महिनादेखि १५ वर्षमुनिका ५० हजार तीन सय ७८ बालबालिकाले दादुरा रुवेलाको खोप लगाएका छन् भने १६ देखि ४५ वर्षसम्मका ५४ हजार दुई सय २९ जनाले टाइफाइडविरुद्धको टिसिभी खोप पाएका छन् ।
जिल्लामा दादुरा–रुवेला खोप ४७ हजारको लक्ष्य लिइएकामा लक्ष्यभन्दा बढी अर्थात् एक सय सात प्रतिशत बालबाललिकाले खोप लगाएका हुन् । त्यस्तै टाइफाइडविरुद्धको खोप भने ७६ हजार लक्ष्य रहेकामा लक्ष्यभन्दा कम ७१ प्रतिशत व्यक्तिले खोप लगाएको खोप सुपरभाइजर खड्काले जानकारी दिइन् ।
दादुरा–रुबेला र टाइफाइडविरुद्धको खोप अभियान जिल्लाका छवटै पालिकामा स्वास्थ्य शाखाको समन्वयमा खोप अभियान सञ्चालन गरिएको थियो । सोह्रदेखि ४५ वर्ष उमेर समूहका व्यक्ति अध्ययन तथा रोजगारीका लागि जिल्ला बाहिर रहेकाले पनि टाइफाइडविरुद्धको खोपको लक्ष्य पूरा हुन नसकेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । भूकम्प प्रभावित क्षेत्रका बासिन्दालाई लक्षित गरेर सरकारले जाजरकोट, रुकुम पश्चिमसहित कर्णालीका सात जिल्लामा खोप अभियान चलाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण