कारागारमा रहेका थुनुवाहरूको निःशुल्क स्वास्थ्य परीक्षण
शनिबार, २१ पुस २०८०, १५ : ४६
प्युठान । कारागार कार्यालय खलंगा प्युठानमा रहेका थुनुवाहरूका लागि एक दिने निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम शनिबार सम्पन्न भएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सो कार्यक्रम सम्पन्न भएको हो ।
जिल्ला प्रशासन कार्यालय प्युठान र जिल्ला प्रहरी कार्यालय प्युठानको सहकार्य तथा अनुरोधमा प्यूठान अस्पताल बिजुवार प्युठानको प्राविधिक सहयोगमा उक्त कार्यक्रम गरिएको हो । कार्यक्रममा महिला ८ जना र पुरूष ८५ जना गरी जम्मा ९३ जना थुनुवाहरूको स्वास्थ्य परीक्षण गरिएको थियो ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय प्युठानका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्याल, जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक इश्वर थापा लगायत प्युठान अस्पतालका स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बोस्नियामाथि स्विट्जरल्याण्डको सानदार जित, ४ अंकसहित नकआउट चरणको नजिक
-
स्विट्जरल्याण्ड र बोस्नियाबिच कडा प्रतिस्पर्धा, पहिलो हाफमा भएन गोल
-
नेपालगन्जबाट दुई चिकित्सकसहित पाँच पक्राउ
-
हलगोरु पाल्ने ३९ किसानलाई प्रोत्साहन रकम वितरण
-
खामेनीद्वारा सम्झौता स्वीकृतः ‘फरक मत भए पनि राष्ट्रपतिको आश्वासनपछि अनुमति दिएँ’
-
अघिल्लो चरण प्रवेशका लागि स्विट्जरल्याण्ड र बोस्निया भिड्दै, दुवैलाई जितको खोजी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण