मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

विभिन्न जिल्लामा ३ जना मृत अवस्थामा फेला

शनिबार, २१ पुस २०८०, १६ : २८
शनिबार, २१ पुस २०८०

‍‍‍‍‍‍‍‍‍‍काठमाडौँ । देशका विभिन्न जिल्लामा ३ जना मृत फेला परेका छन् । सिन्धुली, पर्वत र झापामा ३ जना मृत अवस्थामा फेला परेका हुन् । 

सिन्धुलीको दुधौली नगरपालिका–६ लालभितीस्थित कमला खोला किनारमा सोही नगरपालिका–१ गिजिहानी बस्ने ५३ वर्षीय भिमनाथ अधिकारी मृत अवस्थामा फेला परेका छन् । उनी शुक्रबार मृत अवस्थामा फेला परेका हुन् ।

त्यस्तै पर्वतको जलजला गाउँपालिका–४ स्थित कालीगण्डकी नदीको किनारमा एक महिला मृत फेला परेकी छन् । म्याग्दीको वेनी नगरपालिका–७ शान्तीटोल बस्ने ६० वर्षीया प्रमिला जोशी शुक्रबार मृत अवस्थामा फेला परेकी हुन् ।

उता, झापाको शिवसताक्षी नगरपालिका–१० माईधारस्थित कन्काई खोलाको किनारमा एक पुरुष मृत फेला परेका छन् । शुक्रबार मृत अवस्थामा फेला परेका करिब ४५ वर्षीय पुरुषको नाम, थर र वतन नखुलेको  प्रहरीले जानकारी दिएको छ ।

सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भैरहेको बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप