सरकार सुशासन कायम र भ्रष्टाचार नियन्त्रणमा लागेको छ : मुख्यमन्त्री शाह

डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकार सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्न लागिपरेको बताएका छन् ।
नेपाल प्रेस युनियनले डोटीको दीपायलमा आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहले भने– “सुशासन र भ्रष्टाचारका विषयमा कसैसँग सम्झौता हुँदैन”, मुख्यमन्त्री शाहले भने, “चाहे तल्लो तहको हुन् वा माथिल्लो तहका हुन् । सबैलाई समान व्यवहार गरिनेछ ।”
मुख्यमन्त्री शाहले प्रदेश संरचना कुनै व्यक्तिले चाहेर नबनेको बताए । प्रदेश संरचना खर्चिलो भयो भन्ने प्रश्नमा मुख्यमन्त्री शाहले भने, “हिजो पनि कुनै न कुनै रूपमा यस्ता किसिमका सरकार निर्माण गर्ने, अधिकार दिने, कार्यान्वयन गर्ने कुरा भएका थिए, त्यतापट्टि फर्किएर हेर्नुभयो भने यो कुरा सामान्य देख्नुहुन्छ” उनले भने ।
प्रदेश संरचना जनताका लागि र जनताले चाहेर निर्माण भएको शाहको भनाई थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वाधार विकासले सुगम बन्दै सोनारी क्षेत्र
-
वैशाखमा ४ हजार ५ सय सवारी साधन दुर्घटना, २४५ जनाको मृत्यु
-
अस्ट्रेलियाली मुद्रास्फीति २.४ प्रतिशतमा स्थिर
-
सुनको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
महिला सशक्तीकरणका लागि आर्थिक स्वतन्त्रता अनिवार्य शर्त हुनुपर्छ : उपराष्ट्रपति
-
खानेपानी आयोजना अब संघले हेर्ने होइन, प्रदेशलाई दिनुपर्छ