रियल मड्रिड कोपा डेल रेको प्रि–क्वाटरफाइनलमा
काठमाडौँ । डिफेन्डिङ च्याम्पियन रियल मड्रिड स्पेनिस कोपा डेल रेको अन्तिम १६ मा प्रवेश गरेको छ । शनिबार राति भएको खेलमा एरेडिनालाई ३–१ गोल अन्तरले पराजित गर्दै रियलले प्रि–क्वाटरफाइनलमा स्थान पक्का गरेको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ४ गोल नै दोस्रो हाफमा निस्कियो । एरेडिनाले गरेको १ गोल भने उपहार हो । ५४ औँ मिनेटमा जोसुलोले पेनाल्टीमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । लगत्तै ५५ औँ मिनेटमा ब्रहिम डियाजले गोल गर्दै अग्रता दोब्बर बनाए । दोस्रो हाफको अतिरिक्त समयमा रोड्रिगोले गोल गर्दै ३–० को अवस्थामा पुगेको थियो ।
तर, थप गरिएको समय सकिन २ मिनेट बाँकी रहँदा रियलका नाचोले आफ्नै पोस्टमा गोल गरेपछि एरेडिनाले १ गोल उपहार पायो ।
यस्तै, अलाभेसले रियल बेटिसलाई१–० गोल अन्तरले पराजित गर्दा भालकानोले हुएस्कालाई २–० ले पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गरेको छ । त्यसैगरी जिरोनाले एल्चमाथि २–० को जित निकाल्दा गेटाफेले स्पानियोललाई १–० तथा एथ्लेटिको मड्रिडले लुगोलाई ३–१ ले पराजित गर्दै प्रि क्वाटरफाइनलमा स्थान पक्का गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण