सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
भागबण्डा

राष्ट्रियसभा सदस्य सिट बाँडफाँटलाई अन्तिम रूप दिन सत्ता गठबन्धनको बैठक बालुवाटारमा

आइतबार, २२ पुस २०८०, ०९ : २८
आइतबार, २२ पुस २०८०

काठमाडौँ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँट टुङ्ग्याउन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा चार दलको बैठक सुरु भएको छ । 

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसहित चार दलका नेताहरू सहभागी छन् । 

बैठकमा राष्ट्रिय सभा सदस्य निर्वाचनमा सिट बाँडफाँट गर्ने विषयमा छलफल भइरहेको छ । शनिबार बसेको बैठकमा कांग्रेसले १०, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र जसपाले १ सिट लिने गरी सहमतिको खाका भएको थियो । तर एकीकृत समाजवादीले त्यो खाकामा असन्तुष्टि जनाएको थियो । 

अहिलेको बैठकले सकेसम्म एकीकृत समाजवादीलाई मनाउने र सहमतिको प्रयास गर्ने नेताहरूले जनाएका छन् । ‘सकेसम्म एकीकृत समाजवादीलाई मनाएर अघि बढ्ने प्रयास हुन्छ । नभए माओवादी केन्द्रले एक सिट छोड्नु पर्ने हुनसक्छ,’ बैठकमा सहभागी एक नेताले भने । 

राष्ट्रिय सभामा १९ सिटका लागि आगामी माघ ११ गते निर्वाचन हुँदै छ भने त्यसकालागि सोमबार मनोनयन दर्ता गर्ने कार्यतालिका छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप