नरैनापुरमा हात्तीपाइलेको जीवाणु परीक्षण
नरैनापुर । बाँकेको नरैनापुर गाउँपालिका वडा नं ४ खोदवा गाँउमा शनिबार ३०२ जनाको हात्तीपाइले रोगको जीवाणु परीक्षण गरिएको छ । तीन सय दुई जनामा गरिएको र्यापिड डाइगोनिष्टक टेस्ट (आरडिटी)मा नरैनापुरमा हात्तीपाइले रोगको जीवाणु (माइक्रोफाइलेरिया) फेला नपरेको नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख नगेन्द्र कुमार शाहले जानकारी दिएका हुन् ।
राष्ट्रिय हात्तीपाइले रोग निवारणका लागि इपिडिमियोलोजिकल मनिटरिङ सर्भेका क्रममा शनिबार खोदवामा आरडीटी जाँच गरिएको थियो । नरैनापुरमा पोजेटिभ नदेखिएकोले औषधि सेवन गर्नुपर्ने अवस्था नभए पनि डुडुवा गाउँपालिका र नेपालगन्ज उपमहानगरपालिकामा यदि पोजेटिभ केस फेला परेको खण्डमा दुई वर्ष थप तीन वटै पालिकाका नागरिकले औषधी सेवन गर्नुपर्ने संयोजक शाहले बताए ।
हात्तीपाइले विरुद्धको औषधि सेवनमा नागरिकको बेवास्ता, लगातार औषधि नखानु र लामखुट्टेको प्रकोपका कारण निरन्तर रूपमा अभियान चलाइराख्नु परेको हो । स्वास्थ्य कार्यालयले अहिले पालिका स्तरमा स्वास्थ्यकर्मी परिचालन गरी हात्तीपाइले रोगको जीवाणु परीक्षण सुरु गरेको छ ।
यसैगरी बाँकेको कोहलपुर नगरपालिका वडा नं. ६ रझेनामा तीन सय जनामा गरिएको आरडीटीमा ४८ जनामा हात्तीपाइले रोगको जीवाणु (माइक्रोफाइलेरिया) फेला परे पछि उनीहरूको पुनः माइक्रोस्कोपिक जाँच गरिएको कोहलपुर नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक प्रेम पाण्डेले जानकारी दिए । आरडीटी जाँचमा शरीरभित्र मरेका जीवाणु भए पनि पोजेटिभ देखिने भएकाले यकिन गर्न थप जाँचका लागि रगतको नमुना सङ्कलनको गरिएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ३१ जना पक्राउ
-
अनुमतिबिना भारतीय हेलिकोप्टर नेपाली आकाशमा
-
मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै
-
प्रेमराजादेखि विश्व दोङसम्म, तीन दिन दरबार रोधीमा लोकसंगीतको उत्सव
-
दुई मन्त्रीलाई छेउमा राखेर बालेनले लेखे– देश बनाउने टोली
-
आवासीय चिकित्सकसँगै इन्टर्नको कार्यअवधि र भत्ता कार्यान्वयन गर्न मेडिकल काउन्सिलको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण