चुनावबाट अख्तियार प्रमुख नियुक्त गर्ने व्यवस्था गर्न प्रेम सुवालको माग
काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत संवैधानिक आयोगका प्रमुखहरूको नियुक्ति चुनावबाट गर्नुपर्ने बताएका छन् ।
आइतबार राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) २०६६ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा भाग लिँदै उनले प्रधानमन्त्री र विपक्षी दलका नेताको भागबन्डामा संवैधानिक निकायका प्रमुखहरू नियुक्त हुने गरेको बताउँदै त्यसलाई रोक्न चुनावी प्रक्रियाबाट पठाउनुपर्ने बताए ।
चुनावबाट निर्वाचित भएको व्यक्ति निष्पक्ष र जनताप्रति जबाफदेही हुने उल्लेख गरे । सांसद सुवालले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) २०६६ लाई संशोधन गर्न बनेको विधेयकले संविधान संशोधनको माग गरेको बताए ।
संवैधानिक परिषदमा सर्वसहमति नभए बहुमतले निर्णय गर्ने भन्ने कुरा रहेको र सर्वसहमति शब्द संविधानले नचिन्ने भएको बताए । कुल सङ्ख्याको ५१ प्रतिशत माथि बहुमत हुने तर १ जना सदस्यको बहुमत भन्ने शब्द राखेर हुन्छ ? भन्दै कटाक्ष गरे।
प्रधानमन्त्रीले आफ्ना मान्छे अख्तियारमा लाने, मानव अधिकार आयोगमा आफ्नो मान्छे लाने र आफ्नो पक्षका व्यक्तिले मानव अधिकार उल्लङ्घन गरे पनि आयोगले नबोल्ने अवस्था रहेको बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण