शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

चुनावबाट अख्तियार प्रमुख नियुक्त गर्ने व्यवस्था गर्न प्रेम सुवालको माग

आइतबार, २२ पुस २०८०, १३ : १४
आइतबार, २२ पुस २०८०

काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत संवैधानिक आयोगका प्रमुखहरूको नियुक्ति चुनावबाट गर्नुपर्ने बताएका छन् । 

आइतबार राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) २०६६ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा भाग लिँदै उनले प्रधानमन्त्री र विपक्षी दलका नेताको भागबन्डामा संवैधानिक निकायका प्रमुखहरू नियुक्त हुने गरेको बताउँदै त्यसलाई रोक्न चुनावी प्रक्रियाबाट पठाउनुपर्ने बताए ।

चुनावबाट निर्वाचित भएको व्यक्ति निष्पक्ष र जनताप्रति जबाफदेही हुने उल्लेख गरे । सांसद सुवालले  संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) २०६६ लाई संशोधन गर्न बनेको विधेयकले संविधान संशोधनको माग गरेको बताए । 

संवैधानिक परिषदमा सर्वसहमति नभए बहुमतले निर्णय गर्ने भन्ने कुरा रहेको र सर्वसहमति शब्द संविधानले नचिन्ने भएको बताए । कुल सङ्ख्याको ५१ प्रतिशत माथि बहुमत हुने तर १ जना सदस्यको बहुमत भन्ने शब्द राखेर हुन्छ ? भन्दै कटाक्ष गरे।

प्रधानमन्त्रीले आफ्ना मान्छे अख्तियारमा लाने, मानव अधिकार आयोगमा आफ्नो मान्छे लाने र आफ्नो पक्षका व्यक्तिले मानव अधिकार उल्लङ्घन गरे पनि आयोगले नबोल्ने अवस्था रहेको  बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप