विद्यालय शिक्षा विधेयकमा व्यवस्थापन समिति महासंघको ६ बुँदे संशोधन प्रस्ताव
काठमाडौँ । विद्यालय व्यवस्थापन समिति महासङ्घले विद्यालय शिक्षा विधेयकमाथि ६ बुँदे संशोधन प्रस्ताव गरेको छ । संसद्को शिक्षा समितिको बैठकमा आफ्ना सुझावहरू राख्दै महासङ्घले उक्त प्रस्तावहरू राखेको हो ।
महासङ्घले विधेयकमा समावेश विषयमा कस्तो खालको संशोधन गर्नुपर्ने भन्ने विषय उल्लेख गरेका हुन् । ६ वटा दफामा सच्याउनुपर्ने भन्दै महासङ्घले प्रस्ताव अघि सारेको छ । उसले सार्वजनिक विद्यालयको परिभाषा समेत सच्याउनुपर्ने भन्दै संशोधन प्रस्ताव हालेको छ । त्यस्तै दफा ८ को शिक्षणको माध्यममा समेत संशोधन हालेका छन् ।
त्यस्तै सार्वजनिक विद्यालयले विद्यार्थीसँग शुल्क लिने विषयमा समेत संशोधन हालेको छ । त्यस्तै सार्वजनिक विद्यालयको प्रधानाध्यापक छनोटका विषयमा समेत महासङ्घले संशोधन हालेको छ । त्यस्तै विद्यालय व्यवस्थापन समिति गठनको विषय समेत उठान गरेको छ । नेपाल शिक्षक महासङ्घसँगै सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घलाई समेत ऐनमा समावेश गर्नुपर्ने सुझाव दिएको हो ।
महासङ्घका अध्यक्ष गुणराज मोक्तानले महासङ्घले कुनै पनि माग बोकेर आएको नभई सरकारको काँध बोकेर आएको बताए । आफ्नो गाउँ ठाउँको विद्यालय बनाउने पहिलो जिम्मेवारी त्यही क्षेत्रको अभिभावकको भएको उनको तर्क थियो ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण