‘एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड’ को २० औँ संस्करण माघ १२ गते
काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्चले ‘एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड’ को २० औँ संस्करण आगामी माघ १२ गते आयोजना गर्ने भएको छ । मञ्चले २०६० सालदेखि निरन्तर रुपमा ‘एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड’ आयोजना गर्दै आएको छ ।
मञ्चले आइतबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरी अवार्डको मिति सार्वजनिक गरेको हो । बदयगतस वर्ष पनि ‘एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड’ को मुख्य प्रायोजन हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालिको बजाज पल्सर मोटरसाइकलले नै गर्ने मञ्चले जनाएका े छ।
‘एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड’ को २० औँ संस्करणमा केही परिमार्जन गरिएको पनि मञ्चले जनाएको छ । परिमार्जनको जानकारी पछि गराइने मञ्चले जनाएको छ । यसपटक पनि अवार्डमा नौवटा विधा समावेश गरिएको छ ।
यसपटक समावेश गरिएको विधामा वर्षको उत्कृष्ट पुरुष खेलाडी, वर्षको उत्कृष्ट महिला खेलाडी, वर्षको उत्कृष्ट युवा खेलाडी, वर्षको उत्कृष्ट प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेशल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड रहेका छन् ।
वर्षको उत्कृष्ट पुरुष खेलाडी, वर्षको उत्कृष्ट महिला खेलाडी, वर्षको उत्कृष्ट युवा खेलाडी, वर्षको उत्कृष्ट प्र शिक्षक र पिपल्स च्वाइस अवार्डको मनोनयन केही दिनमै सार्वजनिक गरिने पनि मञ्चले जनाएको छ । यी पाँच विधाका विजेतालाई बजाज पल्सर मोटरसाइकल प्रदान गरिने छ ।
अन्य विधाका विजेतालाई भने जनही ५० हजार रुपैयाँ र उपहार प्रदान गरिने छ । ‘एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड’ को २० औँ संस्करणलाई सफलतापूर्वक सम्पन्न गर्न मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीको अध्यक्षतामा मुल आयोजक समिति गठन गरिएको मञ्चले जनाएको छ । यसका अतिरिक्त अवार्ड कार्यक्रमका लागि विभिन्न उपसमितिहरु पनि गठन गरिएको छ ।
सोही अवसरमा मञ्चले स्पोर्टस अवार्डको मुख्य प्रायोजक हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिको बजाज पल्सर मोटरसाइकलसँग प्रायोजन सम्झौता पनि गरेको छ । हंशराज हुलासचन्द कम्पनीका कार्यकारी निर्देशक अभिमन्यू गोल्छा र नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष देवेन्द्र सुवे दीले प्रायोजन सम्झौतामा हस्ताक्षर गरे ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण