नेपालमै ‘पेपरलेस भिजिटिङ कार्ड’ को सुरुवात, यस्ता छन् विशेषता
काठमाडौँ । नेपालमै पहिलो पटक नियर–फिल्ड कम्युनिकेसन (एनएफसी) डिजिटल कार्डको सुरुवात भएको छ । विश्वमा फड्को मारिरहेको प्रविधिको युगलाई आत्मसाथ गर्दै नेपालमा पनि एनएफसी डिजिटल भिजिटिङ कार्ड भित्रिएको हो । यो एक ‘पेपरलेस भिजिटिङ कार्ड’ हो ।
चिप प्रविधिमा आधारित कार्डमा एटिएम कार्डमा जस्तै रहने चिपमा व्यक्ति वा कम्पनीको सम्पूर्ण विवरणहरू राखिएको हुन्छ । यसलाई आफूले विभिन्न बैंकहरुको एटिएम कार्ड बोकेझैँ गरी लिएर हिँड्न मिल्ने हुन्छ । जसले गर्दा प्रयोगकर्ताको आफ्नो जानकारीहरू सजिलै सँगै अन्य व्यक्तिहरूलाई दिन सकिन्छ र मोबाइल नम्बर, इमेल र अन्य जानकारीहरू सजिलो र बिना झन्झटिलो तरिकाबाट दिन सकिन्छ । जुन चिपको माध्यमबाट कार्डलाई मोबाइल ‘टच’ र वा क्यामरामा ‘स्क्यान’ गरिसकेपछि सिधै मोबाइल फोनको ‘कनट्याक्ट लिस्टमा सेभ गर्न सकिन्छ ।
विकसित मुलुकहरूमा सन् २००० मा यो कार्ड प्रयोगमा आएको भएता पनि हाल दुई युवा दिवाकर अर्याल र सरोज बानियाँले इभाज कार्ड प्रा.लि. मार्फत नेपालमा भित्राएका हुन् । बानियाँ र अर्याल दुवै युवा व्यवसायी एवं सामाजिक अभियन्ता हुन् । अर्याल यस कम्पनीको अध्यक्ष र बानियाँ प्रबन्ध निर्देशक हुन् ।
कम्पनीको सीईओ बंगलादेशका अबुल हसनत आईटीमा दक्खल राख्छन् । कम्पनी वा व्यक्तिले यसमा राखिएका व्यक्तिगत विवरणहरू आफूले चाहेको समयमा ‘इडिट’ गर्न सकिनु यस कार्डको मुख्य विशेषता हो ।

व्यक्तिगत र कम्पनीको छुट्टाछुट्टा भिजिटिङ कार्ड, अनलाइन र अफलाइन दुबैमा प्रयोग गर्न मिल्ने, प्रिमियर क्वालिटी, एकपटक प्रिन्ट गरिसकेपछि सधैँका लागि हुने, व्यक्तिगत नाम ‘ईम्बोस्ड’ प्रिन्ट हुने लगायतका अन्य थुप्रै विशेषता रहेका छन् ।
यसका साथै कम्पनी वा बिजनेस प्रमोसनका लागि विभिन्न सामाजिक सञ्जालमार्फत गुगल ‘रिभ्यू’ कार्ड र फलोअर्स कार्डको पनि सुरुवात गरेको छ । जसले आफ्नो कम्पनी वा व्यवसायको बारेमा कार्ड स्क्यान गरेर ‘रिभ्यू’ दिन सकिने कम्पनीले जनाएको छ ।
कार्डको सफ्टवेयर ए.आई. प्रविधिमा निर्माण गरिएको, प्रयोगकर्ताका लागि आफ्नो छुट्टै ड्यासबोर्ड हुने, आफूले चाहेको बेलामा अपडेट तथा डिलिट गर्न मिल्ने हुन्छ । यसको डाटाहरूलाई सुरक्षित गर्नका लागि सबै सुरक्षा प्रविधिहरू अपनाइएकोले डाटा हराउने तथा दुरुपयोगको जोखिम नहुने’ कम्पनीका प्रबन्ध निर्देशक बानियाँले जानकारी दिए ।
चर्को मूल्य तिरेर बर्सेनि भिजिटिङ कार्ड छाप्ने झन्झटमा मुक्ति पाउनका लागि यो कार्ड बहुउपयोगी हुने कम्पनीका अध्यक्ष अर्यालले बताए । उनले भने, ‘यो कार्ड एकपटक छापिसकेपछि पुनः छाप्ने झन्झट नहुने, खर्चिलो नहुने र कागजको कार्डले वातावरणमा समेत असर पुर्याएको हुँदा यो कार्ड वातावरण मैत्री समेत छ ।’
कार्डको सुरुवाती मूल्य ४ हजार राखिएको छ । जसमा कम्पनीले आकर्षक कार्ड बक्स सहित कार्ड उपलब्ध गराउने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमा सुधनको ‘कमब्याक’ भण्डारीको प्रतिवेदनमा निर्भर !
-
एथलेटिक्समा बागमतीलाई सर्वाधिक स्वर्ण, तीन जुनियर राष्ट्रिय कीर्तिमान कायम
-
अमेरिकी सिनेटले सीमा गस्तीका लागि छुट्ट्यायो ७० अर्ब डलरको अतिरिक्त बजेट
-
४४ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान
-
लोकतन्त्र, समाजवाद र नेपालको भविष्य
-
करातेमा कोशी प्रदेशको दबदबा, ३ स्वर्णसहित बन्यो च्याम्पियन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण