भौतिक र मानवीय विकासलाई केन्द्रमा राखेर १६ औँ योजना तर्जुमा गर्नुपर्छ : पूर्वअर्थमन्त्री पौडेल
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले भौतिक र मानवीय विकासलाई केन्द्रमा राखेर १६ औँ योजना तर्जुमा गर्नुपर्ने बताएका छन् । आइतबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै पूर्वअर्थमन्त्री पौडेलले भौतिक र मानवीय विकासलाई केन्द्रमा राखेर १६ औँ योजना तर्जुमा नभए योजना निर्माणको काम पुरानै रूपमा चल्ने बताएका हुन् ।
उनले मुलुकको वर्तमान अवस्था र आवश्यकताअनुरूप १६ औँ योजना तर्जुमा नभए अपेक्षा गरे अनुसारको नतिजा आउन नसक्ने उल्लेख गरे । पूर्वअर्थमन्त्री पौडेलले योजना निर्माण गर्दा स्रोत व्यवस्थापन महत्त्वपूर्ण पक्ष भएको भन्दै स्रोत भन्दा बाहिरको योजनाको अर्थ नहुने बताए ।
उनले नेपालमा सीमित स्रोत र असीमित आवश्यकता भएकाले सोही आवश्यकताका आधारमा धेरै प्रतिफल पाउने गरी योजना बनाउनुपर्नेमा जोड दिए । उनले स्रोत व्यवस्थापन र आयोजना व्यवस्थापनबिचमा रहेको खाडललाई पूरा गर्ने गरी योजना निर्माण गरिनुपर्ने बताए ।
राजश्व सङ्कलन कम भइरहेकाले सरकारले साधारण खर्च धान्न नसक्ने अवस्था रहेको उनको भनाई थियो । पौडेलले योजना आयोगले योजना बनाउने र हटाउने विषयको अन्त्य हुनुपर्ने उल्लेख गरे ।
पूर्वअर्थमन्त्री पौडेलले राष्ट्रिय योजना आयोग योजना निर्माणको निर्णायक निकायका रूपमा स्थापित हुन नसकेको बताए । मुलुकको योजना निर्माणको निर्णायक निकाय योजना आयोग हो भन्ने किसिमले योजना तर्जुमा गर्न उनको सुझाव थियो । उनले योजना आयोगले बनाएका योजना नै निर्णायक हुन्छ भन्ने विश्वास बढाउन नसकेको जिकिर गरे ।
उनले सरकारका नीति कार्यक्रम र स्रोत एकतिर र बजेट अर्कोतिर हुने गरेको बताए । पौडेलले योजना आयोगले सही ठहर्याएको योजना अघि बढ्ने अवस्थाको सिर्जना गर्नुपर्ने बताए । उनले बजेट निर्माणमा सामान्य सहभागिताको अन्त्य गर्न आवश्यक रहेको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण