आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

विवादास्पद चुनावमा विजयी बन्दै हसिनाद्वारा लगातार चौथो कार्यकाल सुनिश्चित

सोमबार, २३ पुस २०८०, ०६ : ३२
सोमबार, २३ पुस २०८०

ढाका । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले विवादास्पद चुनावमा जीत हासिल गर्दै लगातार चौथो कार्यकाल सुनिश्चित गरेकी छन् ।  आफ्नो पार्टी अवामी लिग र उनका सहयोगीहरूले ३०० संसदीय सिटमध्ये कम्तीमा १ सय ५२ सिटमा जित हासिल गरेपछि हसिनाले अर्को पाँच वर्ष कार्यभार सम्हाल्ने भएकी हुन्।

प्रमुख विपक्षी बंगलादेश नेसनलिस्ट पार्टीले चुनाव बहिष्कार गरेपछि हसिनाको पार्टी र सहयोगीहरूले बाँकी सिटहरू पनि जित्ने अपेक्षा गरिएको छ।  बिएनपीले निर्वाचन ठगी भएको आरोप लगाएको छ ।

आइतबारको नतिजा बीएनपी नेता र समर्थकहरूको सामूहिक गिरफ्तारीपछि आएको हो। आधिकारिक तथ्याङ्कहरूले लगभग ४०% को मतदान भएको देखाएको छ । यद्यपि आलोचकहरूले यो सङ्ख्या पनि बढाइएको हुन सक्ने आशङ्का व्यक्त गरेका छन् ।

हसिना सन् १९९६ मा पहिलो पटक प्रधानमन्त्री बनेकी थिइन् । सन् २००९ मा पुनः निर्वाचित भएकी हसिना त्यसयता लगातार सत्तामा छिन् । उनको यो कूल पाँचौँ कार्यकाल हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप