विवादास्पद चुनावमा विजयी बन्दै हसिनाद्वारा लगातार चौथो कार्यकाल सुनिश्चित
ढाका । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले विवादास्पद चुनावमा जीत हासिल गर्दै लगातार चौथो कार्यकाल सुनिश्चित गरेकी छन् । आफ्नो पार्टी अवामी लिग र उनका सहयोगीहरूले ३०० संसदीय सिटमध्ये कम्तीमा १ सय ५२ सिटमा जित हासिल गरेपछि हसिनाले अर्को पाँच वर्ष कार्यभार सम्हाल्ने भएकी हुन्।
प्रमुख विपक्षी बंगलादेश नेसनलिस्ट पार्टीले चुनाव बहिष्कार गरेपछि हसिनाको पार्टी र सहयोगीहरूले बाँकी सिटहरू पनि जित्ने अपेक्षा गरिएको छ। बिएनपीले निर्वाचन ठगी भएको आरोप लगाएको छ ।
आइतबारको नतिजा बीएनपी नेता र समर्थकहरूको सामूहिक गिरफ्तारीपछि आएको हो। आधिकारिक तथ्याङ्कहरूले लगभग ४०% को मतदान भएको देखाएको छ । यद्यपि आलोचकहरूले यो सङ्ख्या पनि बढाइएको हुन सक्ने आशङ्का व्यक्त गरेका छन् ।
हसिना सन् १९९६ मा पहिलो पटक प्रधानमन्त्री बनेकी थिइन् । सन् २००९ मा पुनः निर्वाचित भएकी हसिना त्यसयता लगातार सत्तामा छिन् । उनको यो कूल पाँचौँ कार्यकाल हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्सेको सिस्टममा समस्या हुँदा परिसूचकमा १००० अंक गिरावट देखियो
-
सेयर बजारमा आज पनि सुधार, सातामा ५७ अङ्कले बढ्यो नेप्से
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण