म्याग्दीमा संस्थागत प्रसूति सेवा लिने दर ९९ प्रतिशत
म्याग्दी । घरमा असुरक्षित प्रसूति हुने र नियमित गर्भ परीक्षण नगराउने समस्या हटाउन म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले ‘आमासँग जनप्रतिनिधि’ कार्यक्रम सञ्चालन गरेको छ । तोकिएको समयमा नियमित गर्भ परीक्षण र संस्थागत प्रसूति सेवामा पहुँच बढाएर मातृ शिशु मृत्युदर घटाउन, स्वास्थ्य र पोषण सुधार गर्न कार्यक्रम लागू गरेको हो ।
अन्नपूर्ण गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख समुन्द्र बरुवालले कार्यक्रममार्फत नियमित गर्भ परीक्षण र स्वास्थ्य संस्थामा प्रसूति सेवा लिनेलाई पोषिलो खानेकुरा उपहार दिने व्यवस्था मिलाएको बताए ।
“गर्भवती र सुत्केरीलाई अण्डा, भाले, घ्यू, सर्वोत्तम पिठो र न्यानो कपडा वितरण गर्न चालु आवमा आमासँग जनप्रतिनिधि कार्यक्रमका लागि रु सात लाख बजेट विनियोजन भएको छ”, उनले भने, “घरमा असुरक्षित प्रसूति हुने र नियमित गर्भ परीक्षण नगराउने समस्या हटाउन उपहारसहित सचेतनामूलक कार्यक्रम गरेका हौं ।”
तोकिएको मितिमा चार पटक गर्भ परीक्षण गर्दा हरेक पटक एक/एक क्रेट अण्डा र संस्थागत प्रसूति हुनेलाई जनप्रतिनिधि र स्वास्थ्यकर्मी घरमै पुगेर एउटा कुखुराको भाले र आधा लिटर घ्यू दिने गरेका छन् । सुत्केरी भएपछि पनि तीन पटक सुत्केरी जाँच गर्नेलाई थप एक क्रेट अण्डा, एक किलोग्राम सर्वोत्तम पिठो र बच्चालाई न्यानो कपडा दिने गरिएको छ ।
यसअघिका दुई वर्षमा ‘गर्भवती र सुत्केरीसँग उपाध्यक्ष’ शीर्षकमा सञ्चालन भएको कार्यक्रम प्रभावकारी बनेपछि यसपालि शीर्षक परिमार्जन गरेर निरन्तता दिइएको गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुनले बताइन् । उपहार दिन थालिएपछि गर्भ परीक्षण गराउने दर २७ प्रतिशतबाट बढेर ९२ प्रतिशत पुगेको छ ।
संस्थागत प्रसूति सेवा लिने दर ९९ प्रतिशत छ । गत आव २०७९/०८० मा सुत्केरी भएका १३९ जनामध्ये एक सय ३५ जनाले संस्थागत प्रसूति सेवा लिएका थिए । चारवटा बच्चा मृत जन्मिएका थिए । चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा ११ जनाले संस्थागत प्रसूति सेवा लिएका छन् ।
नियमित गर्भ र सुत्केरी परीक्षण गराउँदा आमा र बच्चाको स्वास्थ्य अवस्था तथा समस्या पहिचान गरेर जोखिमको व्यवस्थापन गर्न सहज भएको छ । गर्भवती र सुत्केरीको खानपान, सरसफाइ र स्याहारसुसारमा जागरण आएको छ । गर्भवती र सुत्केरीलाई उपहार दिइने अण्डा, घ्यू, सर्वोत्तम पिठो र भाले स्थानीय उत्पादन प्रयोग गरिएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताए ।
आव २०७८–७९ मा अन्नपूर्ण गाउँपालिकामा एक सय २७ जनाले संस्थागत प्रसूति सेवा लिएका थिए । आठ वडा रहेको अन्नपूर्णको एक दोवा, तीन दाना र चार नारच्याङबाहेकका स्वास्थ्य संस्थामा प्रसूति केन्द्र छन् । वडा नम्बर ५ मा पर्ने पाउद्वारको सामुदायिक स्वास्थ्य एकाइमा पनि प्रसूति केन्द्र सञ्चालन भएको छ । गर्भवती र सुत्केरीलाई उपहार दिने कार्यक्रमका लागि आव २०७८–०७९ र २०७९–०८० मा रु छ/छ लाख बिनियोजन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण