बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

कारोबार खुलेकै दिन ९.९९ प्रतिशतले बढ्यो हिमालयन रिको सेयर

सोमबार, २३ पुस २०८०, १२ : ३४
सोमबार, २३ पुस २०८०

काठमाडौँ । प्रतिकित्ता ३०९ रुपैयाँमा कारोबार सुरु भएको हिमालयन रि इन्स्योरेन्सको मूल्य ९.९९ प्रतिशतले बढेको छ । कारोबार सुरु भएलगत्तै ९.९९ प्रतिशतले बढ्दै सकरात्मक सर्किटसँगै ३४०.१० रुपैयाँ पुगेर कारोबार रोकिएको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बाट हिमालयन रिको सेयरले १०३.०७ रुपैयाँदेखि ३०९.२१ रुपैयाँसम्मको सुरुवाती रेञ्ज पाएको थियो । यसमध्ये ३०९ रुपैयाँबाट कारोबार सुरु भएर प्रतिकित्ता ३४० रुपैयाँ पुगेर रोकिएको हो ।

कम्पनीले मंसिर २७ गतेदेखि पुस १ गतेसम्मका लागि प्राथमिक सेयर बिक्री खुलाएको थियो । यसक्रममा आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम ४० कित्तासम्म सेयर पाएका थिए ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थप गर्दै २०६ रुपैयाँमा बिक्री खुलाएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप