कारोबार खुलेकै दिन ९.९९ प्रतिशतले बढ्यो हिमालयन रिको सेयर
सोमबार, २३ पुस २०८०, १२ : ३४
काठमाडौँ । प्रतिकित्ता ३०९ रुपैयाँमा कारोबार सुरु भएको हिमालयन रि इन्स्योरेन्सको मूल्य ९.९९ प्रतिशतले बढेको छ । कारोबार सुरु भएलगत्तै ९.९९ प्रतिशतले बढ्दै सकरात्मक सर्किटसँगै ३४०.१० रुपैयाँ पुगेर कारोबार रोकिएको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बाट हिमालयन रिको सेयरले १०३.०७ रुपैयाँदेखि ३०९.२१ रुपैयाँसम्मको सुरुवाती रेञ्ज पाएको थियो । यसमध्ये ३०९ रुपैयाँबाट कारोबार सुरु भएर प्रतिकित्ता ३४० रुपैयाँ पुगेर रोकिएको हो ।
कम्पनीले मंसिर २७ गतेदेखि पुस १ गतेसम्मका लागि प्राथमिक सेयर बिक्री खुलाएको थियो । यसक्रममा आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम ४० कित्तासम्म सेयर पाएका थिए ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थप गर्दै २०६ रुपैयाँमा बिक्री खुलाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय कराते पदक विजेता दिया र दीक्षालाई एक्सटेप नेपालको सम्मान
-
तीन बुँदे सहमतिले नेकपालाई सरकार बनाउन सहज, एमालेलाई असहज !
-
परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण