वर्कसपमार्फत कलाकार निखार्दै ‘पूजार सार्की’
काठमाडौंँ । दिनेश राउतको निर्देशनमा बन्न लागेको फिल्म हो ‘पूजार सार्की’ । फिल्मको अहिले वर्कशप सुरु भएको छ । फिल्मको छायाङ्कनलाई केही सहज होस् भनेर फिल्मको वर्कसप गरिएको हो ।
वर्कशपमा फिल्मका मुख्य कलाकार आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अन्जना बराइली र परीक्षा लिम्बुसहित अन्य कलाकार पनि सहभागी छन् । कतिपय निर्माता निर्देशक फिल्म छायाङ्कन अगाडि कलाकारको वर्कसप अपरिहार्य ठान्छन् । केही आवश्यक नभएको समेत बताउँछन् । निर्देशक दिनेश राउत भने वर्कसप फिल्मको लागि महत्त्वपूर्ण भएको बताएकाछन् ।
‘वकर्सप भनेको फिल्मको ९० प्रतिशत छायाङ्कन जस्तै हो’ राउतले भने ‘वर्कसप सहित सुटिङमा निस्कियो भने फिल्म पुरा गर्न कुनै गाह्रो पर्दैन ।’ वर्कसपमा कलाकारको क्यारेक्टर, लुक्स लगायत हरेक कुरोको छलफल हुने राउतले सुनाए । ‘वर्कसपले कलाकारलाई फिल्म निर्वाह गर्ने भूमिकामा निखार्ने काम गर्छ’ राउले थपे ।
फिल्मलाई विकास सुवेदीले लेखेका हुन् । फिल्म ‘पूजार र सार्की’को कथामा निर्माण हुन लागेको हो । फिल्ममा पूजारको भूमिकामा आर्यन सिग्देल र सार्कीको भूमिकामा प्रदीप खड्का देखिने चर्चा छ । सुभाष भुसालले निर्माण गर्न लागेको फिल्म छिट्टै छायाङ्कनमा जाने तयारीमा छ । फिल्मको रिलिज मिति नयाँ वर्षको जेठमा तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण