शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

मारिएका किरा फट्याङ्ग्राका नाममा ‘स्मृति समारोह’

सोमबार, २३ पुस २०८०, १४ : ५३
सोमबार, २३ पुस २०८०

टोकियो । हरेक वर्ष जापानको रासायनिक मलखाद बनाउने एउटा कम्पनीले अनुसन्धान प्रयोजनमा प्रयोग हुँदा मारिएका किराहरुको नाममा आको सहरको म्योदोजी मन्दिरमा स्मृति समारोहको आयोजना गर्ने गरेको छ । 

अर्थ कर्पोरेशनले दशकौंदेखि जापानमा रासायनियक मलखाद उत्पादन गर्दै आएको छ । कम्पनीले आफूलाई घरायशी प्रयोजनमा जापानको शीर्ष मलखाद निर्माता भएको दाबी गर्दै आएको छ ।

आफ्ना प्रडक्टको प्रभावकारिता र कार्यकुशलताको परीक्षण गर्न कम्पनीले आको सहरमा रहेको प्रोप्राइटरी अनुसन्धान केन्द्रमा विभिन्न जातिका किरा फट्याङ्ग्राहरुमा कम्पनीका मलखाद प्रयोग गर्ने गरेको छ । परीक्षणका लागि चाहिने किरा फट्यांग्रा पनि कम्पनीले आफैँ उत्पादन गर्दै आएको छ । किरा फट्यांग्राको योगदानलाई स्मरण गर्न कम्पनीले हरेक वर्ष म्योदोजी मन्दिरमा स्मृति तथा सम्मान समारोहको आयोजना गर्ने गरेको छ ।

गएको महिना पनि अर्थ कर्पोरेशनका ६० भन्दा धेरै कर्मचारीहरु सो समारोहमा सहभागी भएका थिए । समारोहमा मन्दिरका पुजारीले मरेका किरा फट्यांग्राहरुको दर्जनौँ फोटो अगाडि बसेर उनीहरुको आत्माको चीर शान्तिका लागि प्रार्थना गरेका थिए । मन्दिरको वेदीमा लामखुट्टे, किर्ना, झिँगा, साङ्गलोसमेत कयौं किराफट्यांग्राको फोटो थियो । पुजारीले प्रार्थना गर्दै गर्दा त्यहाँ उपस्थित मान्छेहरु भने हात जोडेर निहुरेर मौन बसेका देखिन्थे ।

अर्थ कर्पोरेशनको कारखानामा परीक्षण प्रयोजनका लागि १० लाख भन्दा धेरै साङ्गलो र १० करोडभन्दा धेरै किर्ना जन्माइन्छ । यी सबैलाई मानवको स्वास्थ्य र सहजताको लागि बलीमा चढाइन्छन् । किरा फट्यांग्राको बलिदानको सम्मानमा कम्पनीले स्मृति समारोहको आयोजना गर्ने गरेको अर्थ कर्पोरेशनका प्रमुख कार्यकारी अधिकारी तोमिहिरो बताएका छन् । गएको चार दशकयता कम्पनीले वर्षेनी यस्तो कार्यक्रमको आयोजना गर्दै आएको सान्केई शिम्बुन पत्रिकाले भनेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप