शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकीमा गठबन्धनका उम्मेदवारलाई जिताउन शर्माको नेतृत्वमा बन्यो परिचालन समिति

मङ्गलबार, २४ पुस २०८०, ०८ : ३५
मङ्गलबार, २४ पुस २०८०

पोखरा । राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउन गण्डकी प्रदेशमा निर्वाचन परिचालन समिति गठन भएको छ । कांग्रेस प्रदेश सभापति शुक्रराज शर्माको नेतृत्वमा समिति गठन भएको हो ।

समितिमा माओवादी अध्यक्ष गायत्री गुरुङ, एकीकृत समाजवादी अध्यक्ष श्रीनाथ बराल, जनमोर्चाका अध्यक्ष शंकर बराल, नेपाल समाजवादी पार्टीका अध्यक्ष किरण थापा, जनता समाजवादी पार्टीका अध्यक्ष गोपाल गुरुङ र प्रदेशसभा अन्तर्गत संसदीय दलका नेताहरु सदस्य छन् ।

यस्तै, कांग्रेस गण्डकीका महामन्त्री विष्णुप्रसाद लामिछानेको संयोजकत्वमा निर्वाचन व्यवस्थापन उपसमिति गठन भएको छ । सदस्यहरुमा कांग्रेसको तर्फबाट प्रवक्ता माधवप्रसाद बास्तोला, कांग्रेस गोरखाका सभापति तथा प्रमुख सचेतक नन्दप्रसाद न्यौपाने, माओवादीका तर्फबाट गुणाखर बस्याल, जगन्नाथ खनाल, प्रमुख सचेतक कुशुम बुढा, नेकपा एकीकृत समाजवादीका तर्फबाट कृष्णबहादुर नेपाली, राष्ट्रिय जनमोर्चाका तर्फबाट रविमोहन ढकाल र नेपाल समाजवादी पार्टीका तर्फबाट चित्र सापकोटा छन् ।

बैठकले आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनको प्रचार प्रसारका लागि गण्डकीका सबै जिल्लामा जाने निर्णय गरेको छ । राष्ट्रियसभा सदस्य निर्वाचनमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसबाट २ जना र नेकपा माओवादी केन्द्रबाट १ जनाको उम्मेद्वारी छ ।

गण्डकीका तीन सिटमा गठबन्धनबाट अन्यतर्फ कांग्रेसका किरणबाबु श्रेष्ठ, अपांगतातर्फ पदमबहादुर परियार  र महिलातर्फ माओवादीकी मनरुपा शर्मा  उम्मेदवार छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप