‘गोर्खा वारियर’ फागुन ११ बाट प्रदर्शनमा आउने
काठमाडौँ । बेलायतमा ऐतिहासिक रेड कार्पेट प्रिमियर गरेपछि नेपाली फिल्म ‘गोर्खा वारियर’ले अन्तर्राष्ट्रिय जगतमै चर्चा कमाएको छ । गोर्खा वारियर हालै ‘ब्रिटिश एकेडेमी अफ फिल्म एण्ड टेलिभिजन आर्टस्’ (बाफ्टा) अवार्डका लागि समेत चयन भएको छ ।
यस्तैमा फिल्म नेपालमा भने फागुन ११ बाट यसलाई देशव्यापी रिलिज गर्न लागिएको निर्देशक मिलन चाम्सले जानकारी गराएका छन् । उनले फिल्म भारत र दक्षिण कोरियाको रिलिजका लागि समेत बिक्री भैसकेको जानकार दिए । उनका अनुसार अमेरिकाको एउटा चर्चित वितरक कम्पनीले फिल्म भारत र कोरियाबाहेक विश्वव्यापी रिलिज गर्दै छ ।
नेपाली, हिन्दी, अङ्ग्रेजी गरी तीन भाषामा निर्माण भएको फिल्ममा दोस्रो विश्व युद्ध अन्तर्गत मलायाको युद्धमा गोर्खा सैनिकले वीरताका साथ लडेर हासिल गरेको सफलताको कथा विषय बनाइएको छ ।
फिल्ममा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, शिशिर बाङ्देल, कविता आले, रियर राई, बिरूप घले, सारा राई लगायतका कलाकारको मुख्य भूमिका छ । फिल्मको निर्माता मिलन चाम्स, सुमन राई, सुस्मिता वाइवा हुन् । प्रशान्त थापा, राजेन्द्र घिमिरे कार्यकारी निर्माता रहेको फिल्म लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको हो ।
निर्देशक चाम्स र गिरिराज घिमिरेको लेखन, मिलन श्रेष्ठको सम्पादन, सुदीप बरालको डीओपी, हिमाल केसीको द्वन्द्व फिल्म छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५५औँ मिनेटमा एन्थनी गोर्डनको गोल: अर्जेन्टिना विरुद्ध इङ्ग्ल्यान्डले लियो १-० को अग्रता
-
इङ्गल्यान्ड - अर्जेन्टिना महाभिडन्त: पहिलो हाफमा गोलरहित बराबरी
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण