सोमबार रोकिएका १५० यात्रु लिएर निगमको वाइडबडी जहाज बैंकक उड्दै
काठमाडौँ । नेपाल वायुसेवा निगमको काठमाडौँ–बैंकक उडानका क्रममा रहेको जहाजमा प्राविधिक समस्या देखिएपछि रोकिएका यात्रुहरूलाई आज अर्को जहाजमार्फत बैंकक पठाइने भएको छ । निगमको वाइडबडी ३३०, ९एन–एएलजेट जहाजमार्फत सोमबार रोकिएका १५० जना यात्रु बैंकक पठाइन लागेको नेपाल वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलले रातोपाटीलाई जानकारी दिए ।
मंगलबार बिहान ११ः३० बजे उडान सेडूल रहेको जहाजका लागि अहिले यात्रुहरूको बोर्डिङ पास हुँदैछ । सोमबार दिउँसो काठमाडौँ–बैंककका लागि उड्न लागेको निगमको आरए, ९ए–एकेडब्लू जहाजमा हाइड्रोलिकमा समस्या देखिएपछि ग्राउन्डेड बन्न पुगेको थियो । तत्काल जहाजको समस्या समाधान नहुँदा र विकल्पका अर्को जहाजको समेत व्यवस्था नहुँदा १५० जना यात्रु काठमाडौँमा नै रोकिन पुगेका थिए । निगमले उक्त यात्रुहरूलाई होटलमा व्यवस्था गरेको थियो । रोकिएका यात्रुहरूलाई आज अर्को जहाजमार्फत निगमले बैंकक पठाउन लागेको हो ।
यद्यपि, प्राविधिक समस्या देखिएको निगमको न्यारोबडी ३२० आरए, ९ए–एकेडब्ल जहाज बेलुका नै निगमका प्राविधिक टोलीले मर्मत गरी १२ः३० बजे मलेसियाको क्वालालाम्पुर उडेको प्रवक्ता पौडेलले जानकारी दिए ।
‘काठमाडौँ–बैंकक उडानका क्रममा जहाजमा सामान्य प्राविधिक समस्या देखिदा उड्न सकेन । तत्काल प्राविधिक टोली खटाएर मर्मत पश्चात् जहाजको समस्या हिजो नै हल भएको थियो । सोही जहाज राति १२ः३० बजे १५१ यात्रु लिएर क्वालालम्पुर उडेको छ । सोही जहाजले १५४ जना यात्रु लिएर क्वालालाम्पुरबाट काठमाडौँ आउँदैछ’ प्रवक्ता पौडेलले रातोपाटीसँग भने । प्रवक्ता पौडेलका अनुसार भैरहवा हुँदै दिउँसो १ बजे त्रिभुवन विमानस्थल अवतरण गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा प्रतिपक्षले भन्यो, ‘नयाँ नीति तथा कार्यक्रम विगतकै कपी एन्ड पेस्ट’
-
वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोड
-
प्रधानमन्त्रीलाई ‘राजदूत बनाइदिन’ म्यासेज गर्दा सचिव कृष्णहरि पुष्कर पक्राउ अनि रिहा
-
पत्रकार महासङ्घद्वारा जेठ २५ देखि असार ५ गतेसम्म दबाबमूलक आन्दोलन घोषणा
-
‘ध्यानबाट मानसिक शान्ति, तनाव व्यवस्थापन तथा सामाजिक सद्भाव प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास’
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण