एपिएफको पोस्टमा संकटाको सात गोल
काठमाडौँ । संकटा क्लबले जारी एन्फा यु–१६ युथ लिग फुटबलमा मंगलबार विभागीय टोली सशस्त्र प्रहरी बल एपिएफको पोस्टमा सात गोल प्रहार गरेको छ ।
ललितपुरस्थित एन्फा कम्प्लेक्समा मंगलबार संकटाले एपिएफमाथि ७–१ को जित निकालेको हो । कृष्णबहादुर आलेको ह्याट्रिक प्रेरणामा संकटाले विभागीय टोलीमाथि सहज जित निकाल्न सफल भयो ।
यो जितसँगै संकटा ९ खेलबाट १९ अंक बटुल्दै शिर्ष स्थानमा उक्लिएको छ । संकटाभन्दा एक खेल कम खेलेको मच्छिन्द्र क्लब १७ अंकसहित दोस्रो स्थानमा छ । खेलको ११ औँ मिनेटमा कृष्णबहादुरकै गोलबाट संकटाले अग्रता लिएको थियो । त्यसपछि २६ औँ मिनेटमा स्वयमभक्त श्रेष्ठ, ३६औँ मिनेटमा दिलन लिम्बू र पहिलो हाफको थप समयमा कृष्णबहादुरले दोस्रो गोल गरे ।
५३ औँ मिनेटमा सबिनकुमार लुंगेली मगरले गोल गर्दै संकटाको ५–० को अग्रता दिलाए । तीन मिनेटपछि नै एपिएफले एक गोल फर्कायो । तर, त्यसपछि थप दुई गोल व्यहोर्दै एपिएफले फराकिलो हार व्यहो¥यो ।
संकटाका लागि छैटौँ गोल अरुण श्रेष्ठले ८१ औँ मिनेटमा गरे । कृष्णबहादुरले इन्जुरी समयमा तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरे । त्यससँगै संकटाले जारी लिगमा छैटौँ जित निकाल्यो । आठौँ खेलमा चौथो हार बेहोरेको एपिएफ ११ अंकसहित पाँचौं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण