इक्वेडरमा लाइभ टिभी कार्यक्रममा जब बन्दुकधारीहरू प्रवेश गरे
ग्वायाकिल । दक्षिण अमेरिकाको इक्वेडरमा मंगलबार भएको एउटा अनौठो घटनामा केही नकाबधारी बन्दुकधारीहरू लाइभ कार्यक्रमको क्रममा टिभी स्टुडियोमा प्रवेश गरे र त्यहाँ उपस्थित कर्मचारीहरूलाई धम्की दिए।
बन्दुकधारीहरूले ग्वायाकिल सहरको एक च्यानल टीसी टेलिभिजनको प्रत्यक्ष प्रसारणको क्रममा कर्मचारीहरूलाई बन्दुक तेर्स्याउँदै भुइँमा सुत्न बाध्य पारे। प्रहरीले घटनामा हालसम्म १३ जनालाई पक्राउ पनि गरेको छ ।

इक्वेडरका कुख्यात ग्यांगस्टर तथा चोनेरोस गिरोहका प्रमुख एडोल्फो मासियास भिल्लामार ‘फिटो’ जेलबाट बेपत्ता भएपछि सोमबार देशभर ६० दिनका लागि आपत्काल लागू गरिएको छ। यद्यपि, ग्वायाकिलमा भएको पछिल्लो घटनाको यस प्रकरणसँग कुनै सम्बन्ध छ वा छैन भन्ने अझै स्पष्ट भएको छैन।
मंगलबार टिभी स्टुडियोमा भएको आक्रमणको क्रममा एक बन्दुकधारीले कर्मचारीको टाउकोमा बन्दुक तान्दै उनलाई धम्की दिएका थिए । समाचार एजेन्सी एएफपीका अनुसार एउटी महिलाले ‘गोली नहान्नु, प्लिज गोली नहान्नुहोस्’ भनेको सुनिएको थियो।
यो घटनापछि इक्वेडरका राष्ट्रपति ड्यानियल नोबोआले मंगलबार देशमा ‘आन्तरिक सशस्त्र द्वन्द्व’ चलिरहेको बताएका छन् । उनले ‘संगठित अपराध र आतङ्ककारी संगठन’ लाई निस्तेज गर्न ‘सैन्य अपरेसन’ सुरु गर्न लागेको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुरुषको पिसाबमा रगत आउनुको कारण के हो ?
-
गण्डकी प्रदेशमै उत्कृष्ट बन्यो गलकोट नगर अस्पताल
-
राष्ट्रिय मुवाँथाई प्रतियोगितामा दीक्षा फाइनलमा
-
प्राज्ञिक तिर्थ पाणिनि तपोभूमिबारे विमर्श
-
बालेनले रास्वपा महाधिवेशनमा दिए संसद्मा उठेका प्रश्नकाे जवाफ
-
राहदानी छपाइ प्रकरणः पूर्वपरराष्ट्रमन्त्री श्रेष्ठसँग अख्तियारले लियो बयान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण