४० वर्ष पुगे किम, वास्तविक उमेरबारे अझै शंका कायम

प्योङयाङ । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनको उमेरलाई लिएर विभिन्न अनुमान गरिँदै आएको छ । यस गोप्य राष्ट्रका शीर्ष नेताको वास्तविक जन्मदिन आजसम्म कसैलाई यकिन रुपमा थाहा छैन।
उत्तर कोरियाली विश्लेषकहरूले यसबारे विभिन्न अनुमानहरू गर्छन्। विश्लेषकको भनाइ सही हो भने सोमबार उनको उमेर ४० वर्ष पुगेको छ । सोही दिन अधिकारीहरूले केही तस्बिरहरू जारी गरेका थिए जसमा उनी आफ्नी छोरीसँग कुखुरा फार्ममा गएका थिए।
अघिल्ला शासकहरूको तुलनामा, उनको जन्मदिन गोप्य राखिएको छ । उनीभन्दा पहिले, उनका बुबा किम जोङ इल र उनका हजुरबुवा किम इल सुङ सत्तामा हुँदा उनीहरूको जन्मदिनलाई राष्ट्रिय उत्सवको रूपमा मनाइन्थ्यो। सोमबार पनि उनको जन्मदिनमा बिदा दिइएको थियो ।
यद्यपि किम जोङ उनको जन्म मिति ८ जनवरी हो या होइन भन्ने यो अझै रहस्य नै छ । तर जनवरी २०२० मा उत्तर कोरियाली अधिकारीहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई किमको जन्मदिनको शुभकामनाका लागि धन्यवाद दिएका थिए । त्यस्तै छ वर्षअघि अमेरिकी बास्केटबल खेलाडी डेनिस रोडम्यानले यही दिन हजारौँको भीडमा किम जोङ उनलाई जन्मदिनको शुभकामना दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठ दाउराका लागि मात्रै भेला र साधारणसभा नगर्नुहोस् : प्रमुख संरक्षण अधिकृत
-
प्रधानन्यायाधीश नेतृत्वको टोलीद्वारा बेलायतमा भेटघाट
-
भरतपुर अस्पतालमा ‘एमबिबीएस’ कार्यक्रम सञ्चालनका लागि प्रस्ताव गरेका छौँ : मन्त्री पौडेल
-
ट्याक्टरले ठक्कर दिँदा जन्ती गइरहेकी एक महिलाको मृत्यु, एक घाइते
-
बालाजुस्थित करिडोर सडक डुबानमा (तस्बिरहरु)
-
१० बजे १० समाचार : दुई घण्टासम्म ओली–देउवा वार्ता, एमाले महासचिवको प्रस्तावलाई ओलीले गरे अस्वीकार