४० वर्ष पुगे किम, वास्तविक उमेरबारे अझै शंका कायम
प्योङयाङ । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनको उमेरलाई लिएर विभिन्न अनुमान गरिँदै आएको छ । यस गोप्य राष्ट्रका शीर्ष नेताको वास्तविक जन्मदिन आजसम्म कसैलाई यकिन रुपमा थाहा छैन।
उत्तर कोरियाली विश्लेषकहरूले यसबारे विभिन्न अनुमानहरू गर्छन्। विश्लेषकको भनाइ सही हो भने सोमबार उनको उमेर ४० वर्ष पुगेको छ । सोही दिन अधिकारीहरूले केही तस्बिरहरू जारी गरेका थिए जसमा उनी आफ्नी छोरीसँग कुखुरा फार्ममा गएका थिए।
अघिल्ला शासकहरूको तुलनामा, उनको जन्मदिन गोप्य राखिएको छ । उनीभन्दा पहिले, उनका बुबा किम जोङ इल र उनका हजुरबुवा किम इल सुङ सत्तामा हुँदा उनीहरूको जन्मदिनलाई राष्ट्रिय उत्सवको रूपमा मनाइन्थ्यो। सोमबार पनि उनको जन्मदिनमा बिदा दिइएको थियो ।
यद्यपि किम जोङ उनको जन्म मिति ८ जनवरी हो या होइन भन्ने यो अझै रहस्य नै छ । तर जनवरी २०२० मा उत्तर कोरियाली अधिकारीहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई किमको जन्मदिनको शुभकामनाका लागि धन्यवाद दिएका थिए । त्यस्तै छ वर्षअघि अमेरिकी बास्केटबल खेलाडी डेनिस रोडम्यानले यही दिन हजारौँको भीडमा किम जोङ उनलाई जन्मदिनको शुभकामना दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
-
शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण