कानुन न्याय तथा मानव अधिकार समिति बैठक
संसदीय समितिले लगातार बोलाएपछि प्रधानमन्त्री प्रचण्ड असन्तुष्ट
बुधबार, २५ पुस २०८०, ११ : २६
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदीय समितिहरूले छलफलका लागि बोलाइरहँदा आफूलाई समय व्यवस्थापनका लागि समस्या परेको गुनासो गरेका छन् ।
बुधवार प्रतिनिधिसभा अन्तरगत रहेको कानुन न्याय तथा मानव अधिकार समितिको बैठकमा भारतीय विदेश मन्त्री एस जयशंकरको नेपाल भ्रमण र भारतसँग भएको सम्झौताबारे जानकारी दिन समितिमा उपस्थित भएका प्रधानमन्त्री प्रचण्डले यस्तो गुनासो गरेका हुन् ।
उनले भने, ‘संसदीय समितिहरूमा बोलाइरहनुभएको छ । अस्ति राज्यव्यवस्था समितिमा पनि सहभागी भएको थिएँ । अन्यथा होइन, यसरी सबै समितिले बोलाउने हो भने मलाई समय व्यवस्थापन गर्न समस्या पर्ने भयो ।’ बैठकमा प्रधानमन्त्रीले भारतसँग भएको सम्झौताबारे समितिमा जानकारी गराइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण