डोलेश्वरमा आजदेखि महायज्ञ सुरु
भक्तपुर । केदारनाथको शिर मानिएको डोलेश्वर महादेव मन्दिरमा आजदेखि श्रीमद् भागवत कथा ज्ञान महायज्ञ सुरु भएको छ । भारतको मध्यप्रदेशस्थित श्रीकृष्ण गौशाला, महाराष्ट्रस्थित चैतन्य सेवा आश्रम र गुजरातस्थित माँ कालिधामले संयुक्त रुपमा महायज्ञ आयोजना गरेका हुन् ।
केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिको सहयोगमा भारतबाट आएको चैतन्य सेवा आश्रम महाराष्ट्रका संरक्षक ब्रम्हचारीसन्त सन्तोष चैतन्यद्वारा भागवत कथा ज्ञान वाचन गरिएको छ । बागमती प्रदेशसभाका सदस्य किरण थापाले महायज्ञको उद्घाटन गर्दै भारतमा रहेको केदारनाथ शरीर भएको जनाउँदै केदारनाथको शिर भाग डोलेश्वरमा रहेको बताए। उनले भारतबाट आएर यहाँ महायज्ञ गर्नु धार्मिक पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण उपलब्धि भएको जानकारी दिए ।
भारतबाट आएको भीमाशङ्कर महाराजले सन् २००९ मा डोलेश्वर मन्दिरलाई केदारनाथको शिर भाग रहेको घोषणा गरेपछि यसको चर्चा भारतमा चुलिएको थापाले बताए । त्यसयता नेपाल र भारतबाट आउने दर्शनार्थीको भीड बढ्नुको साथै भारतका विभिन्न राज्यबाट यहाँ आएर महायज्ञ गर्नु देशकै लागि उपलब्धिमूलक भएको उनको भनाइ थियो ।
महायज्ञमा सहभागी हुन आयोजकको टोलीमा गुरुसहित भारतबाट आएका दुईसय पाँच जना भक्तजनलाई समितिले निःशुल्क बसोबास एवं सुरक्षाको व्यवस्था गरेको डोलेश्वर मन्दिर संरक्षण समितिका अध्यक्ष धर्मराज बस्नेतले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण