मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ईश्वरमा भित्रिए सुनिल

बुधबार, २५ पुस २०८०, १७ : ५३
बुधबार, २५ पुस २०८०

काठमाडौँ ।  राजु गिरीको निर्देशनमा निर्माण हुने फिल्म ईश्वरको मुख्य भूमिकामा अभिनेता पृथ्वीराज प्रसाईँ र सुनिल थापा अनुबन्धित भएका छन् । फिल्ममा यसअघि नै कलाकारको रुपमा शिशिर वाङ्देल, बुद्धि तामाङ, रविन्द्र झा, सविन बास्तोला र गीता अधिकारी छानिएका थिए ।

केही दिन अगाडि घोषणा भएको फिल्मको अहिले कलाकार छनोट भइरहेको छ । दिव्या कंगना फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्मको पटकथा एवम् संवाद भोजराज देवकोटाले तयार गरेका छन् । 

हरिबहादुर थापा र शंकर गिरी निर्माता रहने फिल्ममा राजेन्द्र बजगाईँ र बीपी वाग्लेको संगीत, कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डेको कोरियोग्राफी, रामेश्वर हुँमागाईको छायांकन र देव महर्जनको द्वन्द्व निर्देशन रहनेछ । फिल्म लक्ष्मी कुँवर थापाको प्रस्तुतिमा निर्माण हुन लागेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप