बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

आहा रारा गोल्डकपमा विदेशीसहित १२ टिमले प्रतिस्पर्धा गर्ने

बिहीबार, २६ पुस २०८०, ०९ : ३०
बिहीबार, २६ पुस २०८०

पोखरा । पोखरामा हुने आहा रारा गोल्डकपमा विदेशी सहित १२ टिमले प्रतिस्पर्धा गर्ने भएको छन् । डिफेण्डिङ च्याम्पियन सङ्कटासँगै नेपाल पुलिस, त्रिभुवन आर्मी, मनाङ मर्स्याङ्दी, मछिन्द्रले प्रतिस्पर्धा गर्नेछ । यस्तै, चर्च ब्वाइज, जावलाखेल, राइजिङ स्टार, थ्री स्टार र आयोजक सहारा सहभागी हुनेछ । 

भुटानको पारो फुटबल क्लब र भारतको दिल्ली फुटबल क्लबले सहभागिता जनाउने प्रतिबद्धता आइसकेको क्लबका महासचिव रामजी प्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार प्रतियोगिता सम्पन्न गर्न १ करोड ८६ लाख आम्दानी हुने र १ करोड ४९ लाख खर्च हुने अनुमान छ । बचत रकमबाट क्लबले फुटबल एकेडेमी चलाउँदै आएको छ । 

एकेडेमीमा ८ जिल्लाका १४ बालकहरू आश्रित छन् । यो चौथो ब्याच हो । प्रतियोगितामा उद्योगपति तथा पूर्व सांसद स्व। सूर्यबहादुर केसीको परिवारले साथ दिएको छ । त्यसैले उत्कृष्ट ५ पुरस्कार उनैको स्मृतिमा प्रायोजन गरिएको छ । 

प्रतियोगिताका विजेताले अघिल्लो इभेन्टमा १२ लाख पाएका थिए भने उपविजेताले ६ लाख पाएका थिए । अहिले पनि सोही पुरस्कार यथावत् रहने बताइएको छ । तर पुरस्कार राशि बढाउन आन्तरिक छलफल चलिरहेको क्लबले जनाएको छ । प्रतियोगिता माघ ९ गतेदेखि २० गतेसम्म पोखरा रङ्गशालामा हुने अध्यक्ष केशवराज बरालले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप