कोहलीले अफगानिस्तानविरुद्धको पहिलो टी–२० नखेल्ने
काठमाडौँ । भारतीय टोलीका प्रभावशाली ब्याट्सम्यान विराट कोहलीले निकट भविष्यमा हुने अफगानिस्तानविरुद्धको टी–२० शृंखलाअन्तर्गतको पहिलो खेल नखेल्ने भएका छन् । भारतीय टोलीका प्रमुख प्रशिक्षक राहुल द्रबिडले पनि समाचारको पुष्टि गरेका छन् ।
द्रबिडका अनुसार, व्यक्तिगत कारणले कोहली पहिलो टी–२० बाट बाहिरिएका हुन् । कोहली बाँकी दुई टी–२० मा भने टोलीमा समावेश हुनेछन् । कोहली र रोहित शर्मा सन् २०२२ को टी–२० विश्वकपपछि पहिलो पटक भारतको टी–२० टोलीमा फर्किएका हुन् ।
भारत र अफगानिस्तानबिचको पहिलो टी–२० खेल बिहीबार मोहालीमा खेलिने छ । दोस्रो खेल जनवरी १४ र तेस्रो खेल जनवरी १७ तारिखमा खेलिने छ । प्रशिक्षक द्रबिडले अफगानिस्तानविरुद्धको टी–२० शृङ्खलामा आफ्नो टोलीले उत्कृष्ट प्रदर्शन गर्ने दाबी पनि गरेका छन् ।
यसै वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी–२० विश्वकपअघि भारतले अन्तिम टी–२० शृङ्खला खेल्न लागेको हो । यो शृंखलालगत्तै भारतीय टोलीले इङ्ल्यान्डसँग पाँच खेलको टेस्ट शृङ्खला खेल्ने कार्यक्रम रहेको छ ।
त्यसपछि अन्य खेलाडीसँगै भारतीय खेलाडीहरू पनि इन्डियन प्रिमियर लिगमा व्यस्त हुनेछन् । रोहित र कोहलीलाई टी–२० शृङ्खलाका लागि टोलीमा समावेश गरिएपछि त्यसको चर्को आलोचना पनि भइरहेको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) को उक्त निर्णयलाई लिएर भारतका पूर्वक्रिकेटरहरु दुई समूहमा विभाजित भएका छन् ।
केही पूर्वक्रिकेटरले रोहित शर्मा र विराट कोहलीलाई टी–२० टोलीमा फिर्ता बोलाउने निर्णयको आलोचना गरेका छन् । भारतीय टोलीका पूर्व खेलाडी दीप दासगुप्ताले रोहित र कोहली पुनः टी–२० टोलीमा फर्कँदा युवा खेलाडीहरू ओझेलमा परेको आरोप लगाएका छन् ।
पूर्वक्रिकेटर सौरभ गांगुली र सुनिल गावस्करले भने रोहित शर्मा र विराट कोहलीलाई टी–२० टोलीमा समावेश गर्ने निर्णय उपयुक्त भएको टिप्पणी गरेका छन् । उनीहरुले सिनियर खेलाडीको उपस्थितिले युवा खेलाडीमा पनि उर्जा थप्ने विश्वास ब्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण