शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

ट्याक्टरको ठक्करले बालकको मृत्यु

शुक्रबार, २७ पुस २०८०, १२ : ५४
शुक्रबार, २७ पुस २०८०

विराटनगर । ट्याक्टरको ठक्करले मोरङको सुनवर्षी नगरपालिकामा बिहीबार राति एक बालकको मृत्यु भएको छ । ठक्करले स्थानीय ११ वर्षीय समीर ऋषिदेवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्याक्टरले ठक्कर दिएलगत्तै उनको घटनास्थलमै मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ । उखु लिएर डाइनिया–केरेन्जा भित्री पक्की सडक खण्डमा गुडिरहेको प्रदेश नम्बर ०१–०१–००२ त ०३८८ नम्बरको ट्याक्टरले बाटोमा खेलिरहेका समीरलाई ठक्कर दिएको थियो ।

दुर्घटनापछि फरार भएका ट्याक्टर चालक स्थानीय तल्लु सोरेनलाई राति प्रहरीले नियन्त्रणमा लिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप