इंग्ल्याण्डविरुद्धको पहिलो दुई टेस्टका लागि भारतीय क्रिकेट टोलीको घोषणा
नयाँ दिल्ली । इंग्ल्याण्ड विरुद्धको पाँच खेलको टेस्ट शृङ्खलाको पहिलो दुई खेलका लागि शुक्रबार राति भारतीय क्रिकेट टोलीको घोषणा गरिएको छ । भारतको १६ सदस्यीय टोलीमा तीन विकेटकिपर राखिएको छ ।
तर इशान किशनले टोलीमा स्थान बनाउन सकेनन् । उनको स्थानमा उत्तर प्रदेशका विकेटकिपर ध्रुव जुरेललाई मौका दिइएको छ । तर, केएल राहुल मुख्य विकेटकिपरको भूमिकामा हुनेछन् । केएस भरत, अक्षर पटेल, मुकेश कुमार र आवेश खान पनि टोलीमा परेका छन् ।
टोलीको कमान रोहित शर्माको हातमा हुनेछ । फास्ट बलर जसप्रित बुमराह उपकप्तान बनेका छन् ।
भारतीय टोली यस प्रकार रहेको छ :
रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस अय्यर, केएल राहुल (विकेटकिपर), केएस भरत (विकेटकिपर), ध्रुव जुरेल (विकेटकिपर), आर अश्विन, रविन्द्र जडेजा, अक्षर पटेल, कुलदीप यादव (चार स्पिनर), जसप्रीत । बुमराह (उपकप्तान), मोहम्मद सिराज, मुकेश कुमार र आवेश खान (चार फास्ट बलर)।
दुई टोलीबीचको पहिलो टेस्ट जनवरी २५ देखि हैदरावादमा हुनेछ । दोस्रो टेस्ट खेल फेब्रुअरी २ देखि विशाखापट्टनममा हुनेछ ।
तेस्रो टेस्ट खेल १५ फेब्रुअरीदेखि राजकोटमा, चौथो खेल २३ फेब्रुअरीबाट राँचीमा र पाँचौं खेल ७ मार्चबाट धर्मशालामा खेलिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण