गण्डकी प्रदेशस्तरीय पालिका कप भलिबलको उपाधि बौंदीकालीलाई
पोखरा । गण्डकी प्रदेशका पालिकाहरूको भलिबल प्रतियोगिताको उपाधि नवलपुरको बौंदीकाली गाउँपालिकाले जितेको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिकाले आयोजना गरेको अध्यक्ष कम भलिबल प्रतियोगितामा डिफेण्डिङ च्याम्पियन बागलुङको गलकोट नगरपालिकालाई हराउँदै बौंदीकालिले उपाधि उचालेको हो ।
माछापुच्छ्रे गाउँपालिकाको घाचोकमा भएको प्रतियोगिता अन्तर्गत शनिवारको फाइनमा बौंदीकालीले गलकोटलाई ३–१ को सेटमा हराएको हो । बौंदीकालीले ३ लाख पुरस्कार पाएको छ भने उपविजेता गलकोटले २ लाखमा चित्त बुझायो ।
बौदीकालीले चापाकोट नगरपालिकालाई र गलकोटले कास्कीको अन्नपूर्ण गाउँपालिकालाई हराउँदै फाइनल प्रवेश गरेका थिए । सेमिफाइनलसम्म पुगेका अन्नपूर्ण र चापाकोटले ५०/५० हजार रुपैयाँ पुरस्कार दिइएको छ । टुर्नामेण्टको सर्वोत्कृष्ट खेलाडी बौंदीकालीका अशोक श्रेष्ठ घोषित भएका छन् । उनलाई ७ हजार नगदसहित पुरस्कृत गरिएको छ ।
यस्तै उत्कृष्ट स्पाइकर पनि बौंदीकालीकै सरोज बर्देवा, उत्कृष्ट ब्लकर विश्वास अधिकारी, उत्कृष्ट सर्भर आशिष् श्रेष्ठ घोषित भए । उत्कृष्ट डिफेन्डर चापाकोटका राजन दर्लामी, उत्कृष्ट सेटर गलकोटका मीन सुनार र उत्कृष्ट प्रशिक्षकमा बौंदीकालीकै सागर विष्ट सम्मानित भए । सबै जनालाई जनही ५ हजार पुरस्कार दिइएको छ ।
विजेतालाई नेपाली कांग्रेस सहमहामन्त्री एवं प्रतिनिधिसभाका सांसदद्वय बद्री पाण्डे र जीवन परियार लगायतले पुरस्कार वितरण गरेका प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण आर्यालले बताए । अध्यक्ष मीनबहादुर गुरुङले खेलाडीको पहिचान गर्ने र राष्ट्रिय स्तरका खेलाडी विकास गर्न कार्यक्रम आयोजना गरेको सुनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण