सामाजिक सञ्जालमा फर्किइन् सेलेना गोमेज
लसएन्जल्स । अमेरिकी गायिका तथा अभिनेत्री सेलेना गोमेज सामाजिक सञ्जालमा फर्किएकी छन् । एक दिनअघि मात्र सामाजिक सञ्जालबाट केही दिनका लागि ‘ब्रेक’ लिने घोषणा गरेकी गोमेज घोषणाको २४ घण्टा नबित्दै सामाजिक सञ्जालमा झुल्किएकी हुन् ।
उनले इन्स्टाग्राममा सेफ गोर्डन रामसेसँगको सहकार्यमा कुकिङ भिडियो पोस्ट गरेकी छन् । ‘गोर्डनग्राम मेरो भान्सामा आए र बर्गर कसरी बनाउने भन्ने कुरा सिकाए’ ३१ वर्षीया सेलेनाले इन्स्टाग्राममा लेखेकी छन् । उनले इन्स्टाग्राममा बर्गर बनाउन सिकाउँदै गरेको भिडियो क्लिप पनि राखेकी छन् ।
१४ मिनेटको भिडियोमा ५७ वर्षे रामसेले सेलेनालाई बर्गरको सामाग्री बनाउन, अण्डादेखि टर्कि बेकनको प्रयोगलगायतका कुरा सिकाएका छन् ।
गत मंगलबार सेलेनाले इन्स्टाग्रामको स्टोरीमा निर्माता प्रेमी बेनी ब्लान्को र दुई बालबालिकासँग खेल्दै गरेको भिडियो पोस्ट गरेकी थिइन् । ‘म केही समयका लागि सामाजिक सञ्जालबाट टाढिँदै छु’, उनले लेखेकी थिइन्, ‘केही महत्त्वपूर्ण कुरामा ध्यान केन्द्रित गर्न चाहन्छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारमाथि क्यानडाको एकपक्षीय दबदबा, पहिलो हाफमै ३–० को अग्रता
-
क्यानडा र कतार भिड्दै, अघिल्लो चरणका लागि दुवै टोलीलाई जितको दबाब
-
उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद
-
बोस्नियामाथि स्विट्जरल्याण्डको सानदार जित, ४ अंकसहित नकआउट चरणको नजिक
-
स्विट्जरल्याण्ड र बोस्नियाबिच कडा प्रतिस्पर्धा, पहिलो हाफमा भएन गोल
-
नेपालगन्जबाट दुई चिकित्सकसहित पाँच पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण