कतारमाथि क्यानडाको एकपक्षीय दबदबा, पहिलो हाफमै ३–० को अग्रता
सारांश
- फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'बी' को दोस्रो खेलमा क्यानडाले कतारमाथि पहिलो हाफमै ३-० को अग्रता लिएको छ ।
- क्यानडाका लागि काइल लारिनले १६औँ मिनेटमा र जोनाथन डेभिडले २९औँ र इन्जुरी समयमा गोल गरे ।
- कतारका डिफेन्डर होमाम अहमदले ३३औँ मिनेटमा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भएको थियो ।
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘बी’ को दोस्रो खेलमा क्यानडाले कतार विरुद्ध सानदार प्रदर्शन गरिरहेको छ । पहिलो हाफको खेल सकिँदा क्यानडाले कतारमाथि ३–० को फराकिलो अग्रता बनाउँदै जिततर्फ पाइला अगाडि बढाएको छ ।
खेलको सुरुवातदेखि नै कतारमाथि हाबी भएको क्यानडाका लागि १६औँ मिनेटमा काइल लारिनले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । खेलको २९ औँ मिनेटमा जोनाथन डेभिडले गोल गर्दै अग्रता २–० बनाए ।
खेलको ३३औँ मिनेटमा कतारका लागि दुर्भाग्यपूर्ण क्षण रह्यो । ‘लास्ट म्यान’ फाउलका कारण डिफेन्डर होमाम अहमदलाई रेफ्रीले रातो कार्ड देखाउँदै मैदान बाहिर पठाए । सुरुमा पहेँलो कार्ड दिइए पनि भिडियो असिस्टेन्ट रेफ्रीको सहयोगमा उक्त निर्णयलाई रातो कार्डमा बदलिएको थियो । १० खेलाडीमा सीमित कतार विरुद्ध थप आक्रामक बनेको क्यानडाका लागि पहिलो हाफको इन्जुरी समयमा जोनाथन डेभिडले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३–० को स्थितिमा पुर्याए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
कतारमाथि क्यानडाको एकपक्षीय दबदबा, पहिलो हाफमै ३–० को अग्रता
-
क्यानडा र कतार भिड्दै, अघिल्लो चरणका लागि दुवै टोलीलाई जितको दबाब
-
उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद
-
बोस्नियामाथि स्विट्जरल्याण्डको सानदार जित, ४ अंकसहित नकआउट चरणको नजिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण