त्रिवि परीक्षा नियन्त्रण कार्यालयले १० दिनभित्रमा अनलाइन मार्फत सेवा दिने
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले अनलाइन मार्फत सेवा दिने भएको छ । भौतिक उपस्थितिमा भीडभाड बढी हुने, सेवा प्रवाहमा जटिलता उत्पन्न भइरहेको बेला पनिकाले अनलाइन मार्फत सेवा प्रवाह गर्न लागेको हो ।
त्यसका लागि आज अनलाइन डेमो गरिएको छ । अनलाइन डेमो सफल भएसँगै अबको १० दिनभित्रमा अनलाइन मार्फत सेवा प्रवाह गर्न लागेको हो ।
सहायक परीक्षा नियन्त्रक पवन बरालले शैक्षिक प्रमाणपत्रहरु अनलाइन मार्फत नै दिन लागिएको बताए । पनिकाले माघ १० गतेदेखि अनलाइन सेवा गर्ने तयारी गरेको हो । तत्कालका लागि प्रोभिजनल सर्टिफिकेट, रिटोटलिङ र नाम सच्याउने काम अनलाइनबाट हुने पनिकाले जनाएको छ ।
यसअघि २०७५ सालमा २४ घण्टाभित्रमा नै प्रमाणपत्र उपलब्ध गराउने योजना अघि सारेको थियो । कर्मचारीको अभाव, सफ्टवेयरमा समस्या लगायतका कारणले तत्काल उक्त कार्य अघि बढाउन सकेको थिएन् । अहिले २ करोडभन्दा बढीको बजेट विनियोजन गरेर त्रिविले अनलाइन प्रणालीको विकास गर्न लागेको हो ।
हाल परीक्षा नियन्त्रण कार्यालय बल्खुमा विद्यार्थीहरु आफैँ उपस्थित भएर सेवा लिनुपर्ने बाध्यता छ । त्यसका लागि महिनौँसम्म कुर्नुपर्ने अवस्था छ । बैंकमा पैसा जम्मा गर्नेदखि फारम भरेर बुझाउने सम्मको काम पनिकामै उपस्थित भएर गर्नुपर्ने अवस्था छ । उक्त झन्झटिलो प्रक्रियालाई सहज बनाउँदै पनिकाले घरमै प्रमाणपत्र पु¥याउने गरी अनलाइन सेवाको तयारी थालेको हो ।
विद्यार्थीले अनलाइन मार्फत नै घरमै बसीबसी ट्रान्सकृप्ट, प्रोभिजनल सर्टिफिकेट, सक्कली प्रमाणपत्र, पुनर्योग, नाम सच्याउने लगायतका काम गर्न सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण