माघको पूर्वसन्ध्यामा थारु युवालाई ‘मन्ड्रा र डफ’ बजाउन सिकाइयो
धनगढी । आदिवासी थारु समुदायको मौलिक संस्कृति र संस्कार हराउँदै गएको भन्दै कैलालीमा थारु युवालाई मौलिक मन्ड्रा (मादल) र डफ बजाउन सिकाइएको छ ।
थारु लेखक संघले माघ पर्वलाई लक्षित गरी कैलालीको कैलारी गाउँपालिका ६, बेनौलीमा थारु युवालाई ३ दिनसम्म निःशुल्क रुपमा ती वाद्य सामग्री बजाउन सिकाइएको हो ।
३ दिनको तालिम प्रयाप्त नभएपनि युवाहरुलाई लोक संस्कृति र संस्कार पुस्तान्तरणमा महत्त्वपूर्ण भूमिका खेल्ने आशा लिइएको छ ।
तालिम समापन कार्यक्रममा कैलारी गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष प्रेम बहादुर चौधरीले लोक बाजा संरक्षण तथा प्रवर्द्धनमा राज्यको ध्यान जान जरुरी रहेको बताए ।
राज्यको लगानी विना लोप हुने बताउँदै वडाध्यक्ष चौधरीले आफूहरुले पनि पालिका स्तरमा मौलिक रैथाने सीप सिकाउने कार्य गर्ने प्रतिबद्धता जनाए ।
यसैबिच थारु लेखक संघका संस्थापक सदस्य लखन चौधरीले नयाँ पुस्तालाई लोक संस्कृति र संस्कार समयमा पुस्तान्तरण गर्न नसके लोप हुने भन्दै चिन्ता व्यक्त गरे । लोक संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्न व्यवसायकरणको अवधारणा जरुरी रहेको बताउँदै उनले त्यसतर्फ नयाँ पुस्तालाई आकर्षित गर्नुपर्नेमा जोड दिए ।
ती वाद्य सामग्री बजाउन सिकाउने तालिममा ४ वर्षका बालकदेखि बृद्धसम्मको सहभागिता रहेको थारु लेखक संघका सचिव अनिल कुश्मीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना
-
सीजेपी र भारत सरकारबिच वार्ताको स्थानलाई लिएर विवाद, संस्थापक दीपके बिरामी
-
सिरहा घटना : गोली प्रहार गरेर पक्राउ गरिएका आरोपीहरूबाट २४३ ग्राम खैरो हेरोइन बरामद
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण