बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

न्युजिल्याण्डलाई पाकिस्तानविरुद्ध २–० को अग्रता

आइतबार, २९ पुस २०८०, २१ : ४७
आइतबार, २९ पुस २०८०

ह्यामिल्टन । न्युजिल्याण्डले पाकिस्तानलाई दोस्रो टी–२० खेलमा २१ रनले पराजित गरेको छ । जीतसँगै न्युजिल्याण्डले ५ खेलको शृङ्खलामा २–० को अग्रता बनाएको हो ।

न्युजिल्याण्डले प्रस्तुत गरेको १ सय ९५ रनको लक्ष्य पछ्याउने क्रममा पाकिस्तान १९.३ ओभरमा १ सय ७३ रनमा अलआउट हुन पुग्यो । पाकिस्तानका लागि बाबर आजमले ४३ बलमा सर्वाधिक ६६ रनको इनिङ्स खेले । उनलाई फखर जमानले ५० रन बनाउँदै साथ दिए । 

कप्तान शाहिन शाह अफ्रिदीले २२ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । न्युजिल्याण्डका एडम मिल्नेले ४ तथा टिम साउथी, बेन सियर्स र इस सोधीले २–२ विकेट लिए ।

यसअघि फिल एलनको ७४ रनको मद्दतले न्युजिल्याण्डले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ९४ रन बनाएको थियो । कप्तान केन विलियम सनले २५ तथा मिचेल स्यान्टरले २५ रन बनाए । पाकिस्तानका लागि ह्यारिस राउफले ३ तथा अब्बास अफ्रिदीले २ विकेट लिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप