न्युजिल्याण्डलाई पाकिस्तानविरुद्ध २–० को अग्रता
ह्यामिल्टन । न्युजिल्याण्डले पाकिस्तानलाई दोस्रो टी–२० खेलमा २१ रनले पराजित गरेको छ । जीतसँगै न्युजिल्याण्डले ५ खेलको शृङ्खलामा २–० को अग्रता बनाएको हो ।
न्युजिल्याण्डले प्रस्तुत गरेको १ सय ९५ रनको लक्ष्य पछ्याउने क्रममा पाकिस्तान १९.३ ओभरमा १ सय ७३ रनमा अलआउट हुन पुग्यो । पाकिस्तानका लागि बाबर आजमले ४३ बलमा सर्वाधिक ६६ रनको इनिङ्स खेले । उनलाई फखर जमानले ५० रन बनाउँदै साथ दिए ।
कप्तान शाहिन शाह अफ्रिदीले २२ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । न्युजिल्याण्डका एडम मिल्नेले ४ तथा टिम साउथी, बेन सियर्स र इस सोधीले २–२ विकेट लिए ।
यसअघि फिल एलनको ७४ रनको मद्दतले न्युजिल्याण्डले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ९४ रन बनाएको थियो । कप्तान केन विलियम सनले २५ तथा मिचेल स्यान्टरले २५ रन बनाए । पाकिस्तानका लागि ह्यारिस राउफले ३ तथा अब्बास अफ्रिदीले २ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण