चीनको कोइला खानी दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो
आइतबार, २९ पुस २०८०, २१ : ५७

झेङझोउ । मध्य चीनको हेनान प्रान्तको पिङडिङशान शहरमा रहेको कोइला खानीमा शुक्रबार दिउँसो भएको दुर्घटनामा १३ जनाको मृत्यु भएको पुष्टि भएको छ । सो दुर्घटनामा अन्य तीन जना बेपत्ता भएका छन् ।
दुर्घटना दिउँसो २ः५५ बजे भएको थियो । पिङडिङशान तियानान कोल माइनिङ कम्पनी लिमिटेडको कोइला खानीमा शुक्रबार कोइला र ग्यास विस्फोट भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । उद्धार कार्य अझै जारी छ ।-(रासस-सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डेडिकेटेड र ट्रंकलाइन बक्यौता: पुनरवलोकनका लागि ४६ उद्योगले दिए निवेदन
-
कारागारमा कैदीबन्दीको मृत्यु प्रकरण : सहायक सीडीओको नेतृत्वमा छानबिन समिति गठन
-
बाग्मतीका स्थानीय तहले प्रदेशबाट पाए ८ अर्ब ६५ करोड बजेट, कुनलाई कति ?
-
५६ करोड ७१ लाख बिगो माग गरिएका थापा ३ लाख धरौटीमा रिहा
-
राजु पाण्डेको रिटमा उच्च अदालतले भन्यो - निलम्बन कार्यान्वयन नगर्नू, काम गर्न दिनू
-
समयका पहिराहरू