एआईका कारण ४० प्रतिशत जागिर खतरामा
काठमाडौँ । कृत्रिम बौद्धिकता (एआई) प्रविधि र एआई टूल्सको आगमनका कारण मान्छेले गर्ने काम सजिलो भएको छ । तर यो प्रविधि कयौं जागिरका लागि खतरा बनिरहेको छ ।
यसैबिच अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले एउटा विश्लेषण सार्वजनिक गरेको छ । कोषका अनुसार एआईले विश्वभर करोडौं जागिर खाइदिनेछ । एआई र एआई टूलका कारण विश्वभर ४० प्रतिशत जति जागिर प्रभावित हुने आईएमएफको विश्लेषणमा भनिएको छ । उदीयमान बजार र कम आय भएको देशको तुलनामा उन्नत अर्थव्यवस्था भएको देशहरुले धेरै जोखिमको सामना गर्नु पर्नेछ ।
सरकारका लागि गम्भीर चुनौती
‘धेरैजसो मामिलामा एआई प्रविधिले चिन्ता बढाउनेछ । यस्तो हालतबाट बच्न सरकारले सक्रिय रुपमा काम गर्न जरुरी छ ।’ कोषकी प्रबन्ध निर्देशक क्रिस्टलिना जर्जेभाले यो अध्ययनबारे एउटा ब्लग पोष्टमा भनेकी थिइन् । एआईका कारण श्रम बजारमा आयसँग सम्बन्धित असमानता बढ्ने पनि बताइएको छ । एआईको चपेटामा आउने कामदारहरुका लागि व्यापक सामाजिक सुरक्षा सञ्जाल र पुनः प्रशिक्षण कार्यक्रम सुरु गर्नु पर्ने जर्जेभाको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण