एआईका कारण ४० प्रतिशत जागिर खतरामा

काठमाडौँ । कृत्रिम बौद्धिकता (एआई) प्रविधि र एआई टूल्सको आगमनका कारण मान्छेले गर्ने काम सजिलो भएको छ । तर यो प्रविधि कयौं जागिरका लागि खतरा बनिरहेको छ ।
यसैबिच अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले एउटा विश्लेषण सार्वजनिक गरेको छ । कोषका अनुसार एआईले विश्वभर करोडौं जागिर खाइदिनेछ । एआई र एआई टूलका कारण विश्वभर ४० प्रतिशत जति जागिर प्रभावित हुने आईएमएफको विश्लेषणमा भनिएको छ । उदीयमान बजार र कम आय भएको देशको तुलनामा उन्नत अर्थव्यवस्था भएको देशहरुले धेरै जोखिमको सामना गर्नु पर्नेछ ।
सरकारका लागि गम्भीर चुनौती
‘धेरैजसो मामिलामा एआई प्रविधिले चिन्ता बढाउनेछ । यस्तो हालतबाट बच्न सरकारले सक्रिय रुपमा काम गर्न जरुरी छ ।’ कोषकी प्रबन्ध निर्देशक क्रिस्टलिना जर्जेभाले यो अध्ययनबारे एउटा ब्लग पोष्टमा भनेकी थिइन् । एआईका कारण श्रम बजारमा आयसँग सम्बन्धित असमानता बढ्ने पनि बताइएको छ । एआईको चपेटामा आउने कामदारहरुका लागि व्यापक सामाजिक सुरक्षा सञ्जाल र पुनः प्रशिक्षण कार्यक्रम सुरु गर्नु पर्ने जर्जेभाको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आमाबुबाको अत्तोपत्तो नहुँदा नागरिकताबाट वञ्चित
-
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, नयाँ मूल्य कति ?
-
बेलायती राजा नेपालको सहयोगका लागि प्रतिबद्ध : राजदूत घिमिरे
-
पाटन संयुक्त क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका कपाली निर्वाचित
-
डिभी लोटरीको नतिजा प्रकाशित, यसरी हेर्न सकिन्छ
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री र उत्तराखण्डका मन्त्रीबिच भेटवार्ता