धनुषाधाममा एकमहिने मकर मेला सुरु
मङ्गलबार, ०२ माघ २०८०, ०९ : २८
महेन्द्रनगर । धनुषाको प्रसिद्ध धार्मिकस्थल धनुषाधाममा एकमहिने मकर मेला सुरु भएको छ । हरेक वर्ष माघ महिनाको प्रत्येक आइतबार र मङ्गलबार उक्त मेला लाग्छ ।
धनुषाको उत्तर–पूर्वी क्षेत्रमा ऐतिहासिक, धार्मिक एवं पौराणिक महत्व बोकेको धनुषाधामको मकर मेला भर्न नेपालसहित सीमावर्ती भारतका विभिन्न स्थानबाट ठूलो सङ्ख्यामा भक्तजन आउने गरेका स्थानीय नित्यानद मण्डलले बताए ।
त्रेतायुगमा राजा जनकले छोरी सीताको विवाहका लागि आयोजना गरेको स्वंयम्बरमा भगवान् रामले भाँचेको धनुषको एक टुक्रा आकाश, अर्को पाताल र धनुषको मध्य टुक्रा धनुषाधाममा झरेको धार्मिक मान्यता रहिआएको छ । यहाँ धनुषबाबाको मन्दिर निर्माण गरिएको छ । जनकपुरधामबाट करिब १९ किलोमिटर उत्तर–पूर्वमा धनुषाधाम अवस्थित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुथी विद्रोहीको आक्रमणमा १६ सैनिकको मृत्यु
-
कम उमेरमै कपाल फुलेर हैरान हुनुहुन्छ ? जान्नुहोस् कारण र रोकथामका उपाय
-
गुआम पुग्यो सुपर टाइफुन ‘बाभी’ : २५० किलोमिटरभन्दा बढीको गतिको आँधी र वर्षा सुरु
-
वर्षायाममा बालबालिकालाई बिरामी हुनबाट कसरी जोगाउने ? ७ महत्त्वपूर्ण टिप्स
-
अमेरिकी युट्युबरको महँगो उपहार मेक्सिकोका खेलाडीले किन फिर्ता गर्नुपर्यो ?
-
नाओमी ओसाकाद्वारा विश्व नम्बर एक सबालेन्का पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण