त्रिवि परीक्षा नियन्त्रण कार्यालयले माघ १५ गतेदेखि अनलाइनमार्फत सेवा दिने
मङ्गलबार, ०२ माघ २०८०, १५ : ११
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले माघ १५ गतेदेखि अनलाइन मार्फत सेवा प्रवाह गर्ने भएको छ । परीक्षा सञ्चालक समितिको आज बसेको बैठकले माघ १५ गतेदेखि अनलाइन मार्फत सेवा दिने निर्णय गरेको हो ।
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खु र क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयहरुद्वारा दिइने सेवाहरु (ट्रान्सकृप्ट, प्रोविजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपि, करेक्सन) अनलाइन माध्यमबाट ई-पेमेन्टकाे सुविधासहित सेवा दिने भएको हो ।
यसको कार्यान्वयन विधिसहित विस्तृत जानकारी www.tuexam.edu.np मा माघ १० गतेका दिन दिइने पनिकाले जनाएको छ। यसअघि हिजो सोमबार अनलाइन डेमाे गरिएको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण