गरिमा विकास बैङ्कद्वारा नयाँ बचत खाता सार्वजनिक
काठमाडौँ । गरिमा विकास बैङ्कले ग्राहकहरूका लागि गरिमा फाइभ इन वान बचत खाता सेवा सार्वजनिक गरेको छ । यो बचत खातामा ग्राहकहरूले बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता, मेरो शेयरको र सि आस्वा सेवाका लागि एकै पटक वा छुट्टाछुट्टै आवेदन दिन सक्ने बैङ्कले जनाएको छ ।
यस खाताअन्तर्गत ग्राहकहरूले न्यूनतम एक हजार रुपैयाँमा खाता खोली निःशुल्क सेवा अन्तर्गत मोबाइल बैकिङ्ग , वेव बैकिङ्ग, एटीएम, सि आस्वा तथा गरिमा क्यापिटल र सेयर ब्रोकर कम्पनीहरूबाट डिम्याट ,सेयर ट्रेडिङ र मेरो शेयर खाता साथै लकरमा पचास प्रतिशतसम्म छुटको सुविधा रहने बैङ्कले जनाएको छ । यस सेवा मार्फत नयाँ तथा पुराना ग्राहक महानुभावहरूले गरिमा विकास बैङ्कका कुनै पनि शाखाबाट सहजै खाताहरू खोल्न सक्ने बैङ्कले जनाएको छ. ।
गरिमा विकास बैङ्कले ग्राहकहरूलाई सहज र सरल रूपमा डिजिटल शेयर ट्रेडिङ प्लेटफर्म समेत उपलब्ध गराउने उद्देश्यले यो सेवा प्राराम्भ गरेको हो । काठमाडौँको लाजिम्पाटमा केन्द्रिय कार्यालय रहेको यस विकास बैकले नेपालको विभिन्न शहरी तथा ग्रामीण जिल्लाहरूमा १२३ शाखा कार्यालय ५१ एटिएमबाट करिब ८ लाख ग्राहकहरुलाई बैकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकास बाहिरबाट आयात गर्ने विषय होइन, नेपालको आफ्नै मोडल चाहिन्छ : शाही
-
मुक्तिनाथबाट फर्किने भारतीय पर्यटकले बागलुङमा चहलपहल
-
ऊर्जामन्त्रीको सय दिन : सुधारको हुटहुटी, कार्यान्वयनमा सकस
-
प्रचण्ड र माधव बुटवलमा, के छ कार्यक्रम ?
-
वर्तमान राजनीतिक परिस्थिति पुराना दलहरूका लागि संकट मात्र होइन, अवसर पनि हो : महासचिव पोखरेल
-
धनगढी र नेपालगन्जमा अत्यधिक गर्मी, काठमाडौँ र पोखरामा वर्षाको सम्भावना सबैभन्दा धेरै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण