कारागारमा बम्जनको छुट्टै भान्सा, लसुन र प्याज ‘नो इन्ट्री’
काठमाडौँ । ‘तपस्वी’ भनेर चिनिएका रामबहादुर बम्जन अहिले पुर्पक्षका लागि कारागार कार्यालय महोत्तरीमा छन् । जिल्ला कारागार सर्लाहीको भवन बनिरहेको हुनाले उनलाई महोत्तरीको जलेश्वर कारागारमा थुनामा राखिएको हो ।
जेलमा बम्जनको छुट्टै भान्सा छ । थुनामा बस्नुपर्ने भएपछि बम्जनले जेल भित्रको ‘आन्तरिक प्रशासन’लाई आफूलाई सहयोग गर्न आग्रह गरेका थिए । उनकै आग्रह अनुसार छुट्टै भान्सा सञ्चालन गर्न अनुमति दिइएको जलेश्वर कारागारका खरिदार रविन चन्द्र ठाकुरले रातोपाटीलाई बताए । कारागारका सूचना अधिकारी ठाकुरले भने, ‘एक जना नाइकेले उहाँलाई भान्सामा सहयोग गर्नुहुन्छ ।’
नाइके नरवीर लामाले बम्जनलाई खान बनाएर खुवाउँछन् । बम्जनको भान्सामा लसुन र प्याज लैजान पाइँदैन । खरिदार ठाकुर भन्छन्, ‘उहाँ लसुन र प्याज हालेको तरकारी खानुहुन्न ।’
लसुन र प्याज बाहेक उनी अन्य कैदीले जस्तै दाल र भात खान्छन् । कारागार प्रशासनको अनुमतिमा नाइके नरवीर बम्जनको सहयोगी खटिएका हुन् ।
सर्लाही जिल्ला अदालतले थुनामा राख्न आदेश गरेपछि जेल चलान भएका बम्जनलाई भेट्न सुरुको ४–५ दिन अनुयायीहरूको भिड लागेको थियो । तर, पछिल्लो समय उनले सवैसँग भेट्न इन्कार गरेका छन् । खरिदार रविन चन्द्र ठाकुर भन्छन्, ‘अहिले कसैसँग भेट्नुहुन्न ।’
बम्जन दिनभर टिभी हेरेर बस्छन् । उनी कसैसँग बोल्दैनन् । बम्जन बस्ने कोठामा अरू ४ जना नाइकेहरू बस्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण