शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

होटल सञ्चालकसहित जुवातास खेलिरहेका ५ जना पक्राउ

बुधबार, ०३ माघ २०८०, १२ : ३२
बुधबार, ०३ माघ २०८०

कञ्चनपुर । कञ्चनपुरको एक होटलमा जुवातास खेलिरहेको अवस्थामा ५ जना जनालाई प्रहरीले पक्राउ गरेको छ । भिमदत्त नगरपालिका-४ स्थित सहारा होटलमा जुवातास खेलिरहेको अवस्थामा होटल सञ्चालक बैतडी दशरथचन्द नगरपालिका-११ घर भएका ३७ वर्षीय गणेश सिंह बुडालसमेत ५ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४८ हजार २ सय ६० रुपैयाँ र १ बुक ताससहित पक्राउ गरेको बताएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप