शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँमा दुई जना मृत फेला

बुधबार, ०३ माघ २०८०, १२ : ४२
बुधबार, ०३ माघ २०८०

काठमाडौँ । काठमाडौँमा दुई जना मृत अवस्थामा फेला परेका छन् । काठमाडौँ महानगरपालिका-१५ अन्नपूर्ण चोकस्थित नेपाल सौर्य उत्पादक संघ महाराजगन्जको निर्माणाधीन भवनमा ज्यामी काम गर्ने एक जना मृत फेला परेको प्रहरीले जानकारी दिएको हो ।

प्रहरीका अनुसार धादिङ थाक्रे गाउँपालिका-१ घर भएका २८ वर्षीय सानुमान तामाङ सुत्ने कोठामा मंगलबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी काठमाडौँकै कागेश्वरी मनोहरा नगरपालिका-८ ओम चोक सैलुङगेश्वरी गेस्ट हाउस नजिक बागमती खोलामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३२ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप