काठमाडौँमा आगोले जलेर एक जनाको मृत्यु
काठमाडौँ । काठमाडौँमा आगलागीमा परेर एक जनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका-१२ ब्रम्हटोल बस्ने देव नारायण डंगोलको घरमा विद्युत् सर्ट भई बुधबार बिहान आगलागी हुँदा उनको छोरा ४५ वर्षीय राजेन्द्र मान डंगोलको जलेर मृत्यु भएको हो ।
उता स्याङ्जाको पुतलीबजार नगरपालिका-७ बाजपुर बस्ने ४२ वर्षीय चन्द्र बहादुर थापाको घरमा विद्युत् सर्ट भई मंगलबार दिउँसो आगलागी हुँदा नगद १५ हजार रुपैयाँ, सुनका विभिन्न गरगहना, अन्नपात, लत्ताकपडा गरी करिब ९ लाख ७५ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
त्यस्तै ललितपुरको गोदावरी नगरपालिका-१० टाखेल बस्ने कृष्ण प्रसाद घिमिरेको नयाँ बस्ती पशुपालन फार्मको छाप्रोमा कुडो पकाउने क्रममा मंगलबार दिउँसो आगलागी हुँदा छाप्रो, भैँसी ३ वटा, भैँसीको दाना, भुसा, पिना, ढुटो, पराल, भुसा काट्ने चाँप कटर मेसिन १ थान र अन्य सरसामान गरी १० लाख २३ हजार ३ सय रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
यसैगरी सुनसरीको कोशी गाउँपालिका-७ हरिपुर बस्ने प्रितम दासको गोठमा गएराति आगलागी हुँदा गोठ पूर्ण रूपमा जलेर करिब २२ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । साथै उक्त आगो फैलिएर सोही ठाउँ बस्ने हीरामणि देवी शर्माको घर, घरभित्र रहेको नगद १ लाख २० हजार र काठ चिर्ने मेसिन गरी करिब ४ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
बाराको कलैया उपमहानगरपालिका-३ गंगापुर बस्ने ५८ वर्षीय द्वारिका साह कानूको गोठमा गएराति आगलागी हुँदा करिब ५ लाख ४५ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेशको ११औँ बजेट आउँदै, यसअघिका १० बजेट कस्तो थियो ?
-
उड्डयन क्षेत्रको सुधारका लागि वायुसेवा सञ्चालक संघ र एरोनटिकल सोसाइटीबिच सम्झौता
-
‘लालीबजार’, ‘मितज्यु’, ‘काजी’ ‘लाइफ ड्यामेज’ र ‘कुम्भ’को यस्तो कमाई ?
-
सुशासन, प्रभावकारी सेवा प्रवाह र तीव्र विकास नै जनताको मुख्य चाहना : राष्ट्रपति पौडेल
-
रास्वपा कर्णाली प्रदेशको सभापतिका लागि ३ जनाको उम्मेदवारी दर्ता
-
डीएनए परीक्षणसम्बन्धी छुट्टै कानुन नहुँदा समस्या : विज्ञ भन्छन्- ‘प्रमाण जोगाउनै मुस्किल भयो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण