लगातार दोस्रो वर्ष पनि घट्यो चीनको जनसङ्ख्या

बेइजिङ । गएको वर्ष चीनको जनसङ्ख्या घटेको छ । त्यहाँको जन्मदर पनि घटेर कीर्तिमानी न्यून स्तरमा ओर्लिएको छ । योसँगै लगातार दोस्रो वर्ष पनि जनसङ्ख्यामा कमी आएको हो । यो प्रवृत्तिले जनसङ्ख्याको बनावटमा परिवर्तनले विश्वको दोस्रो ठुलो अर्थतन्त्र चीनमा गहिरिँदै गएको चुनौती झल्काएको छ ।
प्रत्येक १ हजार जनाले ६ दशमलव ३९ जना शिशु जन्माएका छन् । एक वर्ष अघि यो दर ६ दशमलव ७७ थियो । चीनको राष्ट्रिय तथ्याङ्क कार्यालय (एनबीएस)ले बुधवार घोषणा गरेअनुसार यो जन्मदर सन् १९४९ मा कम्युनिस्ट चीनको स्थापना भयायताकै सबैभन्दा कम हो । गएको वर्ष चीनमा जम्मा ९० लाख २० हजार शिशु जन्मिएको तथ्याङ्कले देखाएको छ ।
सन् २०२२ मा चीनभरमा ९५ लाख ६० हजार जति शिशु जन्मिएका थिए । समीक्षा अवधिमा चीनको समग्र जनसङ्ख्या अघिल्लो वर्षको तुलनामा २० लाख ८० हजारले घटेर १ अर्ब ४० करोड ९० लाखमा झरेको एनबीएसले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
-
नवप्रवर्तनको घोषणा नारामै सीमित : उद्योग मन्त्रालयको बजेट मन्त्रीको क्षेत्रमा खन्याइयो
-
एमाले जनसङ्गठन संयन्त्रको बैठक बस्दै
-
दक्षिण अफ्रिकी क्रिकेट : रङ्गको आधारमा कोटा र बबुमाले तोडेको भ्रम
-
कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज
-
बोर्ड तथा परिषद हटाउने प्रयास गर्दै बागमती सरकार