लगातार दोस्रो वर्ष पनि घट्यो चीनको जनसङ्ख्या
बेइजिङ । गएको वर्ष चीनको जनसङ्ख्या घटेको छ । त्यहाँको जन्मदर पनि घटेर कीर्तिमानी न्यून स्तरमा ओर्लिएको छ । योसँगै लगातार दोस्रो वर्ष पनि जनसङ्ख्यामा कमी आएको हो । यो प्रवृत्तिले जनसङ्ख्याको बनावटमा परिवर्तनले विश्वको दोस्रो ठुलो अर्थतन्त्र चीनमा गहिरिँदै गएको चुनौती झल्काएको छ ।
प्रत्येक १ हजार जनाले ६ दशमलव ३९ जना शिशु जन्माएका छन् । एक वर्ष अघि यो दर ६ दशमलव ७७ थियो । चीनको राष्ट्रिय तथ्याङ्क कार्यालय (एनबीएस)ले बुधवार घोषणा गरेअनुसार यो जन्मदर सन् १९४९ मा कम्युनिस्ट चीनको स्थापना भयायताकै सबैभन्दा कम हो । गएको वर्ष चीनमा जम्मा ९० लाख २० हजार शिशु जन्मिएको तथ्याङ्कले देखाएको छ ।
सन् २०२२ मा चीनभरमा ९५ लाख ६० हजार जति शिशु जन्मिएका थिए । समीक्षा अवधिमा चीनको समग्र जनसङ्ख्या अघिल्लो वर्षको तुलनामा २० लाख ८० हजारले घटेर १ अर्ब ४० करोड ९० लाखमा झरेको एनबीएसले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आत्मदाह प्रयास गर्ने पुरुष पठाओ चालक, महानगर प्रहरीले गरेको थियो मोटरसाइकलमा ‘ह्वील लक’
-
आफ्नै शरीरमा आगो लगाउने पुरुषको पहिचान खुल्यो
-
विश्वकपमा ब्राजिलको बिजोग : एन्चेलोटीको रणनीतिमा कहाँ भयो गल्ती?
-
कैदीबन्दीको अवस्थासम्बन्धी अध्ययन गर्न गठित संसदीय उपसमितिको कार्यअवधि थप
-
सुनुवाइ प्रक्रियालाई पारदर्शी र प्रभावकारी बनाउनुपर्छ : वर्षमान पुन
-
चिकित्सा शिक्षा आयोगको कोष सञ्चालन कार्यविधि स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण