न्युजिल्यान्डका ब्याट्सम्यान फिन एलनले गरे विश्व कीर्तिमानको बराबरी
काठमाडौँ । पाकिस्तानविरुद्धको तेस्रो तथा अन्तिम टी–२० अन्तर्राष्ट्रिष्य क्रिकेटमा न्युजिल्यान्डका ब्याट्सम्यान फिन एलनले विश्व कीर्तिमानको बराबरी गरेका छन् । उनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छक्का विश्व कीर्तिमानसँग बराबरी गरेका हुन् ।
टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको एउटै पालीमा सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी अफगानिस्तानका हजरतुल्लाह जजाई हुन् । उनले सन् २०१९ को फेब्रुअरी २३ तारिखमा खेलिएको आयरल्यान्डसँगको खेलमा १६ वटा छक्का हिर्काएका थिए । त्यतिबेला उनले ६२ बलमा ११ चौका र १६ छक्काको मद्दतले एक सय ६२ रन बनाएका थिए ।
बुधबार न्युजिल्यान्डका फिनले सोही कीर्तिमानको बराबरी गरेका हुन् । फिनले पाकिस्तानविरुद्ध एक सय ३७ रन बनाएका थिए । त्यसक्रममा फिनले केवल ६२ बलको सामना गरी १६ छक्का र पाँचवट चौका पनि प्रहार गरेका थिए । डुनेडिनमा खेलिएको उक्त खेलमा न्युजिल्यान्डले पाकिस्तानलाई ४५ रनले पराजित गरेको थियो । त्यो जितसँगै न्युजिल्यान्डले तीन खेलको शृंखला पनि ३–० ले आफ्नो पक्षमा पारेको थियो ।
फिन एलनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको एकै पालीमा न्युजिल्यान्डका लागि सर्वाधिक रन बनाउने खेलाडीको कीर्तिमान पनि रचेका छन् । यसअघि उक्त कीर्तिमान न्युजिल्यान्डका ब्रेन्डन म्याककुलुमको नाममा थियो । उनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको एकै पालीमा एक सय २३ रनब नाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वयम्भूको सार्वजनिक जग्गादेखि डल्लुको देवस्थलसम्म व्यक्तिको कब्जामा
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रकारलाई बिमा र सामाजिक सुरक्षा कोषमा जोड्दै बागमती प्रदेश सरकार
-
पूर्वाधार विकास कार्यालय बाराका प्रमुख एक वर्षमा ६ पटक फेरिए
-
मनसुनजन्य रोग व्यवस्थापनमा कस्तो छ सरकारको तयारी ?
-
सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि किसान खुसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण