मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘मायाका रंगहरु’मा सुनिल र बुद्धिको इन्ट्री

बुधबार, ०३ माघ २०८०, १५ : ०२
बुधबार, ०३ माघ २०८०

काठमाडौँ । अभिनेता पल शाह र कुन्दन भारद्धाजको मुख्य भूमिका रहने इन्डो नेपाली फिल्म ‘मायाका रंगहरु’मा कलाकार सुनिल थापा र बुद्धि तामाङ भित्रिएका छन् ।

केवल तामाङको निर्माण तथा निर्देशनमा डेब्यु रहने फिल्मको मुख्य भूमिकाको लागि यी कलाकार भित्रिएका हुन् ।  फिल्मको छायांकन फागुन अन्तिम सातादेखि भारतको सिक्किमबाट सुरु हुनेछ ।

प्रमिस ईन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने फिल्मको छायांकन भारतको सिक्किम, दार्जिलिङ, इलाम र काठमाडौँमा गरिनेछ । 

पुनम तामाङ प्रस्तुतिकर्ता रहको फिल्मको निर्माता आर.बी थाङदेन हुन् । फिल्ममा भद्र भुजेल र रामा मेहराको मुख्य सहायक निर्देशन, सौरभ लामाको डिओपी, शेखर ज्ञवालीको कथा, तारा प्रकाश लिम्बु, उर्गेन दोङ,मेचु धिमाल र दीपक शर्माको संगीत, सुष्मा सोनम, रामजी लामिछाने र कृष्ण तामाङको कोरियोग्राफी रहनेछ । फिल्मका सह–निर्माता जेनिश न्यौपाने र दिपेन्द्र चिलवाल हुन् । 

पर्यटन पर्वद्वनको लागि फिल्म भन्ने उद्देश्यले आफूले यो फिल्ममा निर्माण गर्न लागेको निर्देशक तामाङले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप